प्रभातफेरी अनलाइन २८९ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलबार (१० महिना अघि)
काभ्रे/ बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कुलले बनेपामा मनाइने चण्डेश्वरी जात्राको अवसरमा चण्डेश्वरी माईको आस्था र विश्वासप्रति सम्मान ब्यक्त गर्दै विद्यार्थीहरूलाई उक्त जात्राको ब्यवहारीक ज्ञान सिकाउदै रथ निर्माण गराएर उक्त जात्राको विधी र मान्यता अनुरूप विद्यालयको प्राङ्गनबाट जात्राको सिम्बोल निकालको छ ।

उक्त रथ यात्रा आफ्नो विद्यालयबाट सुरू गरेर बनेपा परिक्रमा गराएको थियो । रथ यात्राको क्रममा विद्यालयका कक्षा ४ देखि कक्षा १० सम्मका ३५० जना विद्यार्थीहरू सहभागी भएका थिए । रथ यात्राको क्रममा स्थानियहरू उत्साहित भएर आफ्ना घरका झ्याल, छत र ढोकाबाट अवलोकन गरिरहेका थिए भने कतिपय स्थानियहरू उक्त रथ यात्रा संगै यात्रा गरिरहेका पनि थिए । स्थानियहरू भन्दै थिए कि साच्चै चण्डेश्वरी जात्राको रथ यात्रा त आजै जस्तो पो लाग्यो । विद्यालयले उक्त कार्यक्रमको अलवा विद्यालयको आफ्नो नियमित अन्य कार्यक्रम बाल क्लबको गठन, नयाँ विद्यार्थीहरू, शिक्षक– शिक्षाकाहरूको सदन विभाजन, यस बर्ष गरिने अतिरिक्त कृयालापको ग्रयाण्ड ओपनिङ पनि गरेको थियो ।
कार्यक्रका संचालक विद्यालयका भाइस प्रिन्सिपल तथा ई. सी. ए. कोअर्डीनेटर दिपक तामाङका अनुसार नव गठित बाल क्लबको आयोजनामा आगामी जेष्ट ६ गते विद्यालयमा नयाँ भर्ना भएका १३९ नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम रहेको जानकारी पनि गर्नु भएको थियो ।


प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |