प्रभातफेरी अनलाइन ४३३ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलबार (१० महिना अघि)
काभ्रेपलाञ्चोक/ जिल्ला प्रहरी कार्यालय काभ्रेको जिम्मेवारी सम्हाल्न आइपुग्नुभएका प्रहरी उपरिक्षक कमल शाहले कुनैपनि स्थानमा शान्ति सुरक्षा कायम गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आयोजित सञ्चारकर्मीहरूसँगके भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक शाहले प्रहरीको मुख्य दायित्व भनेकै शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । समग्र मुलुकको अन्य जिल्लाको दाँजोमा काभ्रे जिल्लामा शान्ति सुरक्षा अमनचयन स्थापीत गर्न सहज नहोला, किनकि विगतका घटनाक्रहरूले पनि ति कुरा हरुलाई पुष्टि गरेको छ । यसो भन्दैमा प्रहरी आफ्नो जिम्मेवारीबाट टाढा रहन सक्दैन । जनताको जिउधनको सुरक्षा गर्नु प्रहरीको कर्तव्य सँगै दायित्व पनि हो । कार्यक्रममा सहभागि सञ्चारकर्मीहरूको जिज्ञासा मेटाउने क्रममा प्रहरी उपरिक्षक शाहले जति पनि राजधानीमा घट्ने आपराधिक घटनाहरू घट्छन् त्यसमा काभ्रे जिल्ला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएको छ । यसले पनि काभ्रेको शान्तिसुरक्षामा संवेदनशिलता अपनाउन जरुरी छ ।

जतिपनि तपाईंहरूका गुनासाहरु आएका छन् । ति गुनासाहरू दोहो¥याएर राख्नुपर्ने अवस्था आउन दिनेछैन भन्ने प्रतिबद्धता समेत प्रहरी उपरीषक शाहले व्यक्त गर्दै काभ्रे जिल्लामा अपराधिक गतिविधिसँगै लागु औषध र प्राकृतिक विपत डरलाग्दो समस्याका रुपमा छन् । यिनिहरूको सामना प्रहरी एक्लैले गरेर समाधान हुँदैन । त्यसैले समाजको प्रबुद्ध वर्ग सञ्चारकर्मी महत्वपर्ण पक्षका रुपमा रहन्छन् । यसतर्फ प्रहरी सदैव सचेत छ । प्राकृतिक विपत निम्त्याउनेमा पछिल्लो समय अवैध खानी, क्रसर र बैधानिकता प्राप्त गरेपनि मापदण्ड पुरा नगरेका खानी र खानीजन्य उत्पादन कारक देखिएका छन् । त्यसका लागि आफु प्रशासनीक प्रमुखको हैसियतमा गर्नुपर्ने जिम्मेवारीमा कुनै किसिमको कमि आउन नदिने दृढता व्यक्त गर्दछु । सञ्चारकर्मीहरूको थप जिज्ञासालाई प्रष्ट पार्दै प्रहरी उपरिक्षक शाह थप्नुहुन्छ, अपराध नियन्त्रणका सवालमा नेपाल प्रहरी संवेदनशिल छ । त्यसैले पनि प्रहरी सक्रियता पहिलो प्राथमिकताका रुपमा अगाडी बढाउने योजना राखिसकिएको छ । त्यसैगरी लागुऔषधले विकराल रुप लिइरहेको छ । आजका किशोरकिशोरीहरुमा डरलाग्दो समस्यानै सिर्जना भएको छ । प्रहरीको तथ्याङ्क अनुसार अन्य क्षेत्रमा भन्द बनेपा बजारमा यो समस्या डरलाग्दो रुपमा रहेको देखिन्छ ।
त्यसका लागि प्रहरी प्रशासन योजनाबद्ध ढंगले लागि परेको छ र अझै सक्रियता बढाउने योजना सहित आएको पनि छ । लागुऔषध सँगसँगै चोरीका धटनाहरूले नागरिकहरूको अमनचयन टुटेको छ । यो अवस्थामा प्रहरी संवेदनशिल ढंगबाट गहिराइसम्म पुगेर समस्याको समाधान गर्ने पक्षमा रहेको प्रहरी उपरिक्षक शाहले बताउनुभएको छ । पछिल्लो समय काभ्रे जिल्लालाई टिपर आतंकको रुपमा पनि लिने गरेको छ । यसको निरुत्साहितको लागि प्रहरी प्रशासन कटिबद्ध रहेको र मिटरव्याजको समस्या आत्महत्याको समस्या लगायतका पक्षमा प्रहरी प्रशासनले सुष्म ढंगले अनुसन्धान सुरु गरिसकेको बताउनुभएको छ ।
उक्त भेटघाट कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कमार न्यौपाने, रासस काभ्रे जिल्ला प्रमुख राजकुमार पराजुली, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, सञ्चरिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, फोटो पत्रकार महासंघ काभ्रेका अध्यक्ष केशवराज पौडेल लगायत सञ्चारकर्मीले जिल्लाको शान्तिसुरक्षाको अवस्था र प्रहरीले खेल्नुपर्ने भूमिकाका बारेमा आआफ्नो सुझाव राखेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |