प्रभातफेरी अनलाइन ३३८ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलबार (१० महिना अघि)
काठमाडौं/ आगामी जेठ २४ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँमा हुने लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको तेस्रो मल्टिपल कन्भेन्सनमा अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीको लागि लायन राजन लम्सालले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन एवं लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडरसमेत रहेका लम्सालले लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्ड्रोर्सीमा मनोनयन दर्ता गर्नुभएको हो । बुधवार होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित एक कार्यक्रमका बीच लम्सालले तेस्रो मल्टिपल कन्भेन्सन मनोनयन समितिका चेयरपर्सन पूर्व डिष्ट्रिक्ट गर्भनर नवराज न्यौपानेलाई आफ्नो मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो । मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ मा हुने लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा चुनिने व्यवस्था छ । लम्साल सन् १९९७ मा लायन्स क्लब अफ संखुवासभा खाँदबारीको सदस्य भई लायन्सवादमा आबद्ध हुनुभएको थियो ।

आफ्नो जीवनको कलकलाउँदो युवा जोश २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिनुभएका लम्साल सन् २०१०–११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर बन्नुभएको थियो । डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यस समयमा विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम गर्न सफल समेत हुनुभएका लम्सालले सन् २०११– १२ मा मल्टिपल काउन्सिल चेयर पर्सन हुँदा रि–डिष्ट्रिङ्गको प्रपोजल तयार पारी पारित समेत गराउनुभएको थियो । लम्साल सन् २०१२–१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४–१७, २०१७–१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को–अर्डिनेटर, सन् २०१७–१९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन् २०१९–२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को–अर्डिनेटर हुँदै लायन वर्ष २०२२–२३, २०२३–२४ र २०२४–२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तरता क्रियाशील भई नेतृत्व गरीरहनुभएको छ ।
लायन्स अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक बहन गरिसक्नुभएका लायन लम्सालले थुप्रै आर एल एल आई को–अर्डिनेटर साथै लायन्स अन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई र एलसीएफआईको लोकल को–अर्डिनेटरको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ । सन् २०१०–११ मा गभर्नर हुँदा डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौँदेखि महेन्द्रनगर, नेपालगञ्ज र वीरगञ्जसम्म बिस्तार गर्न सफल हुनुभएको अभिलेखले देखाउँछ । लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा वहाँको महत्वपूर्ण योगदान रहेको छ । आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गर्न सफल हुनुभएको थियो ।

मनोनयन पत्र हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै लायन लम्सालले भन्नुभयो– ‘नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ,’ आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउन अभियानमा रहने बताउदै लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने–तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथले लायन्स अन्तर्राष्ट्रियका लागि आज अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्शी पदको मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराएको छु, लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा तपाईहरुको अमूल्य मत, समर्थन र साथको अपिल गर्दै विश्वास र साथले मलाई यो यात्रामा थप सफल र प्रेरित बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।’
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |