Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अब्बल नेतृत्व भयो भने असम्भव भन्ने कुनै चिज रहन्न भन्ने उदाहरण स्थापीत भएको छ शीर मेमोरियलमा : सल्लाहकार थापा

प्रभातफेरी अनलाइन ५८४ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार (१० महिना अघि)
अब्बल नेतृत्व भयो भने असम्भव भन्ने कुनै चिज रहन्न भन्ने उदाहरण स्थापीत भएको छ शीर मेमोरियलमा : सल्लाहकार थापा

काभ्रेपलाञ्चोक/ शीर मेमोरियल अस्पतालका सल्लाहकार एवं निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा मगरले सम्बोधनका क्रममा कुनै पनि संस्था अब्बल हुन त्यस संस्थाको नेतृत्व अब्बल हुनुपर्छ भन्ने उदाहरण शीरमा रहेको नेतृत्वले देखाएको बताउनुभएको छ । जसबाट सेवाग्राही स्थानीयवासी सेवामा समर्पित कर्मचारीहरू समेत प्रफुलित छन्, जसका कारण आज शीर मेमोरिल एडभेन्टिस्ट अस्पताल प्रविधिमैत्री सेवा तर्फ अग्रसर हुन सफल भएको छ ।

यसका पछाडी महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सहयोगी मनका धनि रोटरीयनहरू, यस अस्पतालका कर्मचारी मित्रहरू र स्थानीय संघ संस्था र बुद्धिजिवीहरूको अथक प्रयास र समर्पणकै उच्च योगदानले यस क्षेत्रमा विरामीहरूका लागि यो प्रविधि सञ्जिवनी बन्न पुगेको छ । यसका लागि विशेष गरी नेपाल अर्बुदरोग निवारण संस्थाका जिल्ला अध्यक्ष नेपाल सुधार भैल प्ररणाका स्रोत बन्नुभएको छ । यस अस्पतालका लागि मात्र नभई यस अस्पतालबाट सेवा लिने सम्पूर्ण सेवाग्राहीका लागि एउटा सार्थक सारथीको रुपमा आफुलाई स्थापित गर्नुहुने सामाजिक व्यक्तित्व भैलप्रति अस्पताल परिवार कृतज्ञता ज्ञापन गर्दछ । वहाँको प्रेरणबाट आज अस्पताल प्रविधिमैत्री सँगसँगै उच्च गुणस्तरीय सेवा प्रदायक संस्थाका रुपमा स्थापित हुन सफल भएको छ । यस अनुकरणीय कार्यका लागि सहयोग पुर्याउनुहुने तपाई तमाम सहयोगि मनहरूप्रति हृदयदेखि संस्थागत एवं व्यक्तिगत रुपमा आभार व्यक्त गर्न चाहन्छु भन्नुहुँदै सल्लाहकार थापा थप्नु हुन्छ एउटा कोठाबाट सुरुभएको ओपिडि सेवाले आज मुलुकमा मात्रै सिमित नभइ आफ्नो योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्न अग्रसर हुनु आफैंमा गौरवको विषय बनेको छ । यस अभियानलाई मुक्तकण्ठबाट सहयोग पुर्याउने प्रति फेरीपनि आभार व्यक्त गर्न पछि पर्नुभएन थापा ।

सेवा शुभारम्भका क्रममा हेमोडायलसिस सेवा र कक्ष विस्तार गर्न शिलान्यास गरेको छ । कार्यक्रममा रोटरी फाउण्डेशन, रोटरी क्लब अफ बोनिटा बीच सनसेट, रोटरी क्लब अफ कुपण्डोल, रोटरी क्लब अफ काभ्रे बनेपा, एड्भेन्ट हेल्थ रकी माउण्टेन रिजन, एड्भेन्ट हेल्थ प्रेसिडेन्ट काउन्सिल, वासिङटन नेपाल फाउण्डेशन, लोमा लिण्डा युनिभर्सिटी, विनिफ्रेड स्टेभन फाउण्डेशन लगायतका संस्थाको सहयोग अस्पतालले ४ लाख ६० हजार अमेरिकी डलर लागतमा सिटी स्क्यान मेसिनबाट सेवा शुभारम्भ गरिएको छ । सेवा तथा पूर्वाधार निर्माणको लागि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले पनि आर्थिक सहयोग गरेको कार्यक्रममा जानकारी गराइएको छ ।

जर्मन रोटरी भोलेन्टियर डक्टर्सको सहयोगमा प्राप्त ५ करोड मूल्य बराबारका हेमोडायलासिस मेसिन मध्ये १० थान रोटरी क्लव अफ धुलिखेलले शिर मेमोरियल अस्पताललाई प्रदान गरेको थियो । यस अघि अस्पतालले अल्ट्रासाउन्ड, क्यान्सर लगायतका उपचारमा प्रयोग हुने ल्याप्रोस्कोपिक टावर, पाठेघर, मृगौलामा हुने पत्थरी लगायतको युरेटेरोस्कोप लगायतका उपकरण थप गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, रोटरी फाउण्डेशनका सान्ड्रा हेमस्टेड, रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन, बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, रोटरी क्लव अफ कुपण्डोलका अध्यक्ष लोचन जोशी, पूर्व अध्यक्ष बन्धु रञ्जन शर्मा, रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्याम तिमल्सिना, शीर मेमोरियल मेडिकल एजुकेसन ट्रष्टका अध्यक्ष ब्रेट स्पेन्स्ट लगायतले प्राप्त मेसिन लगायतका उपकरणहरुको सहयोगका लागि विभिन्न व्यक्ति र संघसंस्थाले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0