logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट गन्तव्य : सञ्जिवनी नमुना मा. वि. धुलिखेल

प्रभातफेरी अनलाइन६३३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २१, शनिबार(११ महिना अघि)
गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट गन्तव्य : सञ्जिवनी नमुना मा. वि. धुलिखेल

धुखिलेल (काभ्रेपलाञ्चोक)/ सञ्जिवनी नमुना माध्यमिक विद्यालयले काभ्रे जिल्लाको उत्कृष्टि विद्यालयको रुपमा आफुलाई स्थापित गराउँदै आएको छ । सञ्जिवनीले विगत केहि वर्षदेखि माध्यमिक तहमा कक्षा ९ देखिनै प्राविधिक तथा विज्ञान विषयको कक्षा समेत चलाउँदै आएको छ ।

काभ्रे जिल्लाको पर्यटकीय नगरी धुलिखेलको मुटुमा रहेको यो विद्यालयमा कक्षा ११ र १२ सम्म शिक्षा, विज्ञान, व्यवस्थापन तथा सिभिल इञ्नियरिङमा अध्यापन गराउँदै आएको छ । विद्यालयमा विज्ञानतर्फ फिजिक्स, केमेस्टिङ, गणित, कम्प्युटर विज्ञान लगायतका विषय अध्यापन गराइरहेको छ भने, व्यवस्थापनतर्फ होटल मेनेजमेन्ट, कम्प्युटर साइनस लगायत छन् । यसैगरि शिक्षातर्फ वातावराण् विज्ञान, अंग्रेजी नेपाली लगायतका विषयहरु अध्यापन गराउँदै आएको छ भने कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनियरिङ विषयको अध्यापन गराउँदै आएको छ ।