प्रभातफेरी अनलाइन १९९ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २४, मंगलबार (८ महिना अघि)
तमासा देखाएर तल जमेर खाए
जब एक्लै सकेनन् हल कसेर खाए
बल नपुगेपछि स्याल कुकुर मिली
एकले अर्को कुनै दल दलेर खाए
उर्लेर आउँछन् फेरि भनी तर्काउन
आफू जाेगिनलाई भल खनेर खाए
एकै ठाउँमा बस्दा सरम भयो होला
फेरेर सर्दै ठाउँ थल ठगेर खाए
कति देखाएर त कति लुकाइकन
दुनियाँलाई आँखा छल गरेर खाए ।
रामप्रसाद पुरी
बादेल, खाेटाङ

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |