logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

चारु

प्रभातफेरी अनलाइन२१७ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २४, मंगलबार(११ महिना अघि)
Post Thumbnail

तमासा देखाएर तल जमेर खाए
जब एक्लै सकेनन् हल कसेर खाए

बल नपुगेपछि स्याल कुकुर मिली
एकले अर्को कुनै दल दलेर खाए

उर्लेर आउँछन् फेरि भनी तर्काउन
आफू जाेगिनलाई भल खनेर खाए

एकै ठाउँमा बस्दा सरम भयो होला
फेरेर सर्दै ठाउँ थल ठगेर खाए

कति देखाएर त कति लुकाइकन
दुनियाँलाई आँखा छल गरेर खाए ।

रामप्रसाद पुरी

बादेल, खाेटाङ