प्रभातफेरी अनलाइन५८७ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ३१, मंगलबार(११ महिना अघि)
सिलगढी, भारत/ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा यही २२ जुन २०२५ मा हन्नाह छेत्रीकृत “आल्हादित” टुक्का कविता सङ्ग्रह सिलगढी देवकोटा सङ्घको प्रेक्षालयमा भव्यताका साथ लोकार्पण भयो ।
कार्यक्रमको अवसरमा टुक्का कविताका प्रणेता अग्रज साहित्यकार ताराप्रसाद चापागाईँलाई “टुक्का कविता प्रवर्तक सम्मान २०२५” सहित दोसल्ला ओढाएर सम्मान पत्र समर्पण गरिएको थियो । सोही कार्यक्रममा दार्जिलिङकी डा. साङ्मू लेप्चा र मणिपुरकी श्रीमती सीतादेवी छेत्रीलाई पनि दोसल्ला, स्मृति चिन्ह सहित सम्मान पत्र समर्पण गरिएको थियो ।
विनेसाम भारत शाखाका अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. साङ्मू लेप्चा तथा विशिष्ट अतिथीहरू डा।सुकराज दियाली, डा. तेजमान वराइली, ताराप्रसाद चापागाईं, चन्द्र भण्डारी, श्रीमती सीता देवी छेत्री, प्राध्यापक नवीन पौड्याल, ग्याल्पो लामा, डा।कृष्ण राज घतानी, सतिस रसाइली, जितबहादुर सोनार, श्रीमती लतिका जोशी, कृष्ण प्रधान ुअर्पण, गणेश प्रधान, प्रेम कुमार राईको उपस्थिति रहेको थियो । कार्यक्रममा आह्लादित टुक्का कविता सङ्ग्रहकी प्रकाशिका सुश्री सहारा रसाइली समेत विशेष अतिथिको रूपमा उपस्थिति हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाल, भारतको मनिपुर, असम, सिक्किम, दार्जिलिङ, मिरिक, कालेबुङ, सामसिङ्ग, गोरुवथान, खरसाङ लगायत सिलगढीका स्थानिय व्यक्तित्वहरू, गोर्खे हाट सिलगढीको परिवार लगायत विनेसाम भारत शाखाका पदाधिकारी सदस्यहरू समेत २०० जनाको साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।
समारोहको प्रस्तुति अन्तर्गत टुक्का कविता वाचन (बिबा तामाङ्ग, रमा गुरुङ, कविता भट्टराई), मोटिभेशनल गीत (अनिल गुरुङ, सुधीर घले), नृत्य (आयुष्णा प्रधान, अनुष्का प्रधान) लगायतले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन विनेसाम भारत शाखाकी कोषाध्यक्ष देविका मङ्ग्राती राई र उपाध्यक्ष विनोद खातीले गर्नु भएको थियो भने स्वागत सम्बोधन सचिव श्रीमती गीताश्री शर्माले राख्नु भएको थियो । समारोहको समाप्तिमा उपाध्यक्ष पेम नर्बु शेर्पाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
