Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समाजसेवाकै एउटा नाम ‘करुणामय मानव विकास संस्था’

प्रभातफेरी अनलाइन ४४६ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २३, बिहिबार (७ महिना अघि)
समाजसेवाकै एउटा नाम ‘करुणामय मानव विकास संस्था’

– मोहन दुवाल
युगअनुसार नै परिस्थिति फेरबदल भई जाँदोरहेछ । परिस्थिति फेरबदल हुँदै जानुको मुख्य कारण सोच–दृष्टि र चेतनाकै कारणले नै हो । हिजोको अवस्था आज छैन, भोलि त झन परिवर्तन भएको देखिनु अनौठो हुँदैन । समाजप्रति हेर्ने दृष्टिकोण नै फरक हुँदै गएको आजको परिस्थितिमा ‘समाजसेवा’ को परिभाषा पनि बदलिंदै जानु अस्वाभाविक देखिंदैन । त्यसैले पनि पुरानो खालको समाजसेवामा आजका युवाहरु त्यति सक्रियरुपमा सेवाको भाव बोकेर कर्मशील भएको देखिंदैन । तर पनि पुरानो सोच–दृष्टि र भावधारा आत्मसात् गर्दै सक्रिय रहने रुचाउने समूहहरु अहिले पनि क्रियाशील छन् । यसै परिप्रेक्ष्यमा रहेर बनेपाका केही युवाहरुको सक्रियतामा ‘करुणामय मानव विकास संस्था’ २०६२ संस्थापन भएको र उक्त संस्था अद्यावधिसम्म पनि सक्रिय भएर सेवामा जुटेको देखिन्छ ।
“बहुजन हिताय, बहुजन सुखाय, लोकानुकप्याय” बुद्धको सन्देशलाई आफ्नो उद्देश्य बनाएर भिक्षु प्रज्ञालोक महास्थवीरको नेतृत्वमा सचिव उत्तम मानन्धर, कोषाध्यक्ष सिद्धिगोपाल मानन्धर र संस्थापक अन्य सदस्यहरुमा ज्ञानकाजी मानन्धर, राजु सरकार, आनन्द मानन्धर र हिरादेवी मानन्धरहरु सक्रियरुपले लागेर यस संस्थाको संस्थापन भएको देखिन्छ । यो संस्था मुनाफारहित गैरसरकारी तथा स्वयंसेवी संस्थाका रुपमा क्रियाशील छन् । समाजका लागि केही उपलब्धिमूलक दिन सोच भएकाहरुको सक्रियता रहेको समाज विकसित हुन्छ । विकास र प्रगति देश र समाजको खुल्नु भनेको नै यस्तै खालका स्वार्थरहित सामाजिक निष्ठा बोकेका व्यक्तित्वहरुको समर्पित सेवाले नै हो । समाजमा यस खालका निःस्वार्थ सेवा बोकेर समाजसेवा गर्नेहरुको बाहुल्यता रहेपछि सो समाजको प्रगति खुल्दै जान्छन् । निःस्वार्थ समाजसेवा गर्नेहरु जोसुकै होऊन् उनीहरुको सम्मान गर्नु भनेको नै उचित कर्म र दृष्टिमा सेवा पुर्याउनेहरुको सम्मान गर्नु हो । यस दृष्टिलाई आत्मसात् गर्दै यस मानव विकास संस्थाको मूल्याङ्कन गर्न लागेको हुँ ।
“नैतिक तथा मर्यादित सभ्य राष्ट्रिय समाजको निर्माण गर्नु यस संस्थाको परिदृष्टि हो ।” केही राम्रो गरेर, केही राम्रो बोलेर र आफूलाई मर्यादित सभ्य बनाएर लाग्न खोज्ने र लागेकाहरुले नै अरुलाई बाटो देखाउन सक्छन् र उनीहरु नै महान हुन् । नैतिकताको अभाव भएको समाजमा केही मात्र भए पनि नैतिक उदाहरणहरु देखाई आफूलाई कर्तव्यपथमा लगाउनेहरुकै प्रेरणाले नै समाजमा फेरबदल भईजाने हो । यस करुणामय मानव विकास संस्थाका उल्लेख भएका उद्देश्यहरु मननयोग्य र लागू गर्नैपर्ने खालका महान उद्देश्यहरु हुन् । उद्देश्यमा लेखिएका छन् – १) असहाय बालबालिकाहरुका लागि शिक्षाको अवसर सृजना गर्ने २) असहायहरुका लागि आयमूलक सीप विकास तालिम संचालन गर्ने ३) मानसिक तथा शारीरिक स्वस्थताका लागि ध्यानकेन्द्रको स्थापना गर्ने ४) बौद्ध दर्शनको जनचेतना अभिवृद्धि गर्ने ५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरुसँग समन्वय गर्ने ६) दैवी तथा प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुका लागि मानवीय सेवा उपलब्ध गराउने र ७) वृद्धाश्रमको स्थापना गर्ने । के–कति हुँदैछन् र के–कति हुन बाँकी छन् त्यसको लेखाजोखा गर्दै उचित उद्देश्यहरु पूर्ति हुँदै जाओस् – शुभकामना दिन सकिन्छ । मानवजातिकै लागि सेवाका कार्यक्रम गर्ने सोचमात्र सिर्जना गर्नु भनेको समाज र मानवजातिकै परिवर्तनका लागि केही गर्ने सोचकै विकास गर्नु हो । यसैगरी यस संस्थाको अन्य उद्देश्यहरुमा लेखिएका छन्– ८) अस्पतालमा गरीब बिरामीहरुलाई मानवीय सेवा उपलब्ध गराउने ९) मानसिक असन्तुलन भएका तथा अपाङ्गहरुलाई सहयोग गर्ने १०) ग्रामीण सेवा केन्द्रहरुको स्थापना गर्ने ११) करुणामय शान्तिग्रामको स्थापना गर्ने । माथि उल्लेख गरिएजस्तै सेवा–भाव राखेर कृयाशील यस संस्थाको उद्देश्यहरु पूरा गर्न सक्रियता बढोस् – यी उद्देश्यहरु लक्ष्यमा पुर्याउन प्रयत्न हुँदै जाओस् – सबै उद्देश्यहरु समाज रुपान्तरण गर्नका लागि अत्यन्त आवश्यक देखिंदा छन् । उक्त लक्ष्य पूरा गर्न सफलता मिलोस् – प्रगति खुलोस् ।
छात्रवृत्ति दिने कार्यमा आफ्नो अग्रसारिता देखाउँदै आएको यस संस्थाको उत्कृष्ट देखिंदो छात्रवृत्ति वितरण कार्यक्रम नै हो । हालसम्म यस संस्थाले काभ्रे, भक्तपुर र सिन्धुपाल्चोकलाई केन्द्रविन्दुमा राखेर आफ्नो संस्थाको कार्यक्षमता देखाउँदै आएका छन् । यी जिल्लाहरुका विविध विद्यालयहरुका २३० जना असहाय बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्न सफल यस संस्थाले विद्यार्थीहरुका लागि कक्षाकोठामा अध्ययनका लागि चाहिने सबैखालका मसलन्द समानहरु, किताब र ड्रेससमेतको व्यवस्थापन गरेर एउटा झोलामा राखेर प्रदान गर्ने प्रचलन चलाइएको छ । यस संस्थाले वितरण गर्दै आएको विद्यालय पोशाक र जुत्ताका लागि छानिएका विद्यार्थीहरुको विद्यालय, घरसमेत पुगेर नापनक्सा लिने गर्छन् – जुन कार्य निकै स्तुत्य छन् । हालसम्ममा जम्मा ८० जना विद्यार्थीहरु एसएलसी/एसईई परीक्षा उत्तीर्ण गरिसकेका छन् भने ५ जना विद्यार्थीहरु ११ र १२ कक्षामा र ३ जना स्नातकका गरी जम्मा ८७ जना विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेका छन् ।
भन्ते प्रज्ञालोक महास्थवीरकै निर्देशन र नेतृत्वमा संचालित यस संस्थाको हालको कार्यसमितिमा सल्लाहकार भन्ते प्रज्ञालोक महास्थवीर, अध्यक्षमा सिद्धिगोपाल मानन्धर, सचिव उत्तम मानन्धर, कोषाध्यक्ष बुद्धिमान जोशी र सदस्यहरुमा राजु सरकार, हरिश्चन्द्र मानन्धर, अमलादेवी मानन्धर, मदिना मानन्धर, चन्द्रप्रभा शाक्य र प्रकाश मानन्धर छन् । सेवा नै धर्म, सेवा नै कर्मको सन्देशमा लागेर, बुद्धको धर्मदेशनालाई पालना गरेर स्वच्छ, सुन्दर समाज निर्माण गर्न टेवा पुगोस् भनेर आफूसक्दो कार्य गर्दै आएका मित्रहरुको कर्मशीलता पनि २०औं वर्ष भयो सेवामा जुटेको । कहिलेकाहीँ कार्यक्रममा म पनि प्रमुख अतिथि, विशिष्ट अतिथिका रुपमा पुग्न पाएको सम्झना छ । सेवा गर्ने भावना बोकेर समाजमा लागिपर्न रुचाउनेहरु निकै थोरै छन् । ती थोरै व्यक्ति र संस्थामा यसमा सङ्लग्न व्यक्तिहरु र यस मानव विकास संस्था परेको छ भन्दा अन्याय हुनेछैन । राजु सरकारलगायत उत्तम मानन्धर, सिद्धिगोपालहरुका साथै यस संस्थामा लागेका मित्रहरुको स्वच्छतामा स्वच्छता थपिंदै जाओस् । ज्ञानकाजीसरको सदासयता र समर्पण भावलाई छोरा प्रकाशले जिम्मेवारीपूर्ण दृष्टिमा आफूलाई सक्रिय तुल्याई नित्य कर्ममा लागिरहन सकोस्
सबैमा शुभकामना दिंदै कवितामा आफ्नो भावना पोखिरहेछु
मानव विकासका लागि –
मान्छेको मुहारमा सुन्दरता खुलोस्
मानवीयता झुलोस्
मानिसको चरित्रमा स्वच्छता फुलोस् ।
००
गुलाफमाझैं मोहकता रहोस्
हेरिरहूँजस्तो मुहार बनोस्
मानवको विकास खुलिजान्छ
मानवको मनमा चोखोपन रहोस् ।
००
धेरैको हितमा
धेरैको सुखमा
आफ्नो सुख सम्झिनेहरु
ह्रास हुँदै गएको यस परिवेशमा
करुणामय भाव बोकेर
मानव विकासको भावना मनमा साँचेर
आफू मानव भएर मानव कल्याण सोच्नेहरु
जुनसुकै जातिका, जुनसुकै भूगोलका होस् – महान छन् ।
००
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0