Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेथानचोक गाउँपालिकामा कोशेली घर संचालन

प्रभातफेरी अनलाइन ४१४ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार (७ महिना अघि)
बेथानचोक गाउँपालिकामा कोशेली घर संचालन

ढुंखर्क/ बेथानचोक गाउँपालिकाले कोशेली घर संचालनमा ल्याएको छ । आइतबार वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले यसको उद्घाटन गर्नुभएको हो । यससँगै बेथानचोकका उद्यमी महिलाहरु आफूले उत्पादन गरेका सामाग्री कोशेली घरबाट बेच्न पाउने भएपछि खुशी भएका छन् ।

हरेकजसो पालिकाहरुले आफ्नो पालिकामा महिलालक्षित विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन् । विशेषगरि महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले उनीहरुलाई सीप सिकाउँदै स्वरोजगार बनाउने उद्देश्यले यस्ता व्यवसायतर्फ प्रेरित गराउने उनीहरुको लक्ष्य छ । सीप त सिक्यो, उत्पादन पनि गर्यो तर उत्पादित सामाग्रीहरुको बजार छैन । घरमा उपयोग गरेर सम्भव पनि छैन र बजार लैजान गाउँका महिलाका लागि धेरै समस्या पनि छन् । यही समस्याको समाधानका लागि जन्मिएको हो कोशेली घर ।

काभ्रेको बेथानचोक गाउँपालिकाले पनि आफ्ना ६ वटै वडामा रहेका महिलाहरुका लागि धेरै कार्यक्रमहरु ल्याएको छ । ढाकाका कपडा बुनाइ, बाँसका सामान बनाउने तालिम, सिलाईबुनाईदेखि कृषिका विभिन्न आयामहरुका कार्यक्रम पनि संचालन गरिरहेको पालिकाले अब यही कोशेली घरबाट ती उत्पादित सामानहरु बेच्न सक्ने गरि कोशेली घरको परिकल्पना गरेको छ । उद्यमीहरुले सामानहरु पालिकालाई बेच्न दिएर बजारको समस्या समाधान हुने विश्वास गरिएको पालिका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।

गृहिणी महिलालाई आर्थिक उपार्जनका लागि सहयोग हुने गरि कोशेली घर संचालनमा ल्याइएको गृहिणी महिला सशक्तिकरण कार्यक्रमकी संयोजक अम्बिका खरेलले बताउनुभयो । तालिमबाट सीप सिकेका महिलाहरुले उत्पादन गरेका सामाग्री अब कोशेली घरबाटै बिक्री गरिने हुँदा उद्यमीहरुले बजारको समस्या झेल्नु नपर्ने भएको छ । यहाँ उद्यमीबाट सामान किन्न र कोशेली घरबाट बेच्नका लागि मूल्य पनि निर्धारण गरिएको थियो ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम वागमती प्रदेश सरकारको एउटा महत्वपूर्ण कार्यक्रम हो । यो सामाजिक विकास मन्त्रालय अन्तर्गत संचालित छ । गृहिणी महिलाहरुको आर्थिक पक्षसँग जोडिएको यो कार्यक्रमले उनीहरुलाई थोरै भए पनि आत्मनिर्भर बनाउने सामाजिक विकास कार्यालय काभ्रेकी प्रमुख रनमाया फ्याकले जानकारी दिनुभयो । यो कार्यक्रम संचालन गर्न इच्छुक पालिकाहरुले प्रदेश सरकारसँग लागत साझेदारी गर्नुपर्छ । जसमा न्यूनतम १५ प्रतिशतदेखि बढीमा जति पनि गर्न सकिनेछ । जसमा बेथानचोकले भने ५० प्रतिशत लगानी गरेको छ । यहाँ वागमती प्रदेश सरकार र पालिकाको गरि गत आर्थिक वर्षमा ३६ लाख ४२ हजार ५७० रुपैंयाँको लगानी साझेदारी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0