प्रभातफेरी अनलाइन १३८ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार (६ महिना अघि)
काभ्रेपलाञ्चाेक/ जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८ औं स्थापना दिवस तथा ४४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बनेपामा शनिबार आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथी, संघका अध्यक्ष अमन पोटे श्रेष्ठले उद्घाटन गर्नुभएको हो । उहाँले दिनुभएको जानकारी अनुसार यो संस्था २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भएको हो ।
अहिले यसको मुख्य कार्यालय बनेपा ७ मा रहेको छ । यसले जिल्लाभरका स्थानीय तहहरुमा संचालित सहकारीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै सहकारी क्षेत्रको सहजिकरणका लागि प्रारम्भिक सहकारी र संघबीचको दुरीलाई कम गरि आपसमा मर्यादित र व्यवस्थित सहकारी विकासको परिकल्पनासहित अभियानलाई मूर्तरुप दिन संघको भूमिकालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र संचालन गरिरहेको छ ।
संघले गत आर्थिक वर्षमा कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैंयाँको कारोबार गरेको छ । जसबाट १ करोड १४ लाख ६७ हजार ४३० नाफा गरेको छ । यस्तै चालु आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैंयाँ कारोबार गरि २ करोड ६ लाख ९८ हजार ८८२ नाफा गर्ने लक्ष्य लिइएको छ । संघमा हालसम्म काभ्रेका १३ वटै पालिकाबाट ५९४ वटा सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाका सचिव प्रकाश बञ्जाराले जानकारी दिनुभयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |