
प्रभातफेरी अनलाइन २६७ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार (३ महिना अघि)
काभ्रे / विपद् जोखिमको पूर्वतपायरी, हामी सबैको साझा जिम्मेवारी भन्ने मूल नाराका साथ सुरु भएको विपद् जोदिम न्यूनिकरण तालिमलाई समापन गर्दै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देवेन्द्र भैलले तालिमले रेडक्रसको औचित्य पुष्टि गर्ने अवसर मिलेको बताउनुभएको छ ।

जोखिमयुक्त जिल्लाको रुपमा सूचिकृत भएको काभ्रे जिल्ला विपद्का बारेमा उल्लेख गरिरहनु परेन, गत वर्षको विनासकारी बाढी पहिरोले आफ्नो पहिचान यो जिल्लामा स्थापित गरेको छ । भु–बनोट अनुसार पनि काभ्रे जिल्ला विपद् जोखिम जिल्लाको रुपमा विज्ञहरुले सुझाव दिएका छन् । त्यसैले यस्ता घटनाहरु देहोरिरहने सम्भावना प्रवल रहेको अवस्थामा यस किसिमका तालिम प्रत्येक रेडक्रस अभियान्ताले अनिवार्य लिनुपर्ने आजको आवश्यकता रहेको बताउनुहुँदै गतवर्षको वितण्डाले तहसनहस भएका संरचनाको पुर्नलाभ अझै भइनसकेको तीतो यथार्थ राख्दै यो अभियानमा अहिले सम्मको उपलब्धी ९८ प्रतिशत पुरा भएको अवस्थामा हामी पुग्नु आफैंमा महत्वपूर्ण उपलब्धी मान्न सकिन्छ । यो परिवेशमा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको आन्तरिक तथा बाह्य गतिविधिले दातृनिकायको विश्वास जित्दै गएका छौं । जसका कारण गतवर्ष उद्धारका नाममा उल्लेखनीयक कार्य गर्न सफल भएका छौं । आगामी दिनमा पनि अझ बढी दायित्व पूरा गर्न नेपाल रेडक्रस सोसाइटी काटिबद्ध हुनेमा आफु आशावादी रहेको सभापति भैलले बताउनुभएको छ ।

उक्त कर्यक्रममा प्रमुख प्रशिक्षक एवं विपद् व्यवस्थापन अधिकृत शेरबहादुर कार्कीले तालिममा सहभागिहरुलाई तालिमको औचित्य पुष्टि गर्दै तालिम, तालिमको रुपमै सिमित पार्नुभएन तब मात्र तालिमको मर्म मर्दैन अन्यथा यस किसिमका तालिममा सहभागिता जनाएर आफुलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सकिँदैन भने तालिममा सहभागि हुनुको कुनै अर्थ नरहेको बताउनुभएको छ । हामीले जहाँ विपद् त्यहाँ रेडक्रसको नारालाई सार्थक बनाउन भूमिका खेल्नुपर्छ तबमात्र हामी रेडक्रस अभियान्ता भएकोमा गौरवान्वित महसुस गर्नेछौं । रेडक्रस सम्बन्धी कार्यविधि २०७२ र संसोधित २०७४ ले प्रतिपदन गरेका विधिमा रहेर आफ्नो क्षमतालाई कुशलतापूर्वक विपद्मा प्रयोग गर्न सक्नुनै तालिमको सहि अर्थ र औचित्यता रहने छ भन्नुहुँदै तालिम सम्बन्धी तीतो यथार्थता पस्कँदै प्रायजसो रेडक्रस अभियान्ताका नाममा एउटै पात्र पटक पटक तालिममा सहभागि हुने संस्कारको अन्त्य गर्दै समय सापेक्षित रुपमा क्षमतावान जनशक्तिलाई यस किसिमका तालिममा सहभागि गराएर समयको मागलाई सम्बोधन गर्न सक्ने जनशक्ति उत्पादन गर्नु नै नेपाल रेडक्रस सोसाइटीको दायित्व हुन आउँछ । वितका यस किसिमका संस्कारका रुपमा विकास भएका विक्रतिहरुको अन्त्य गर्नु हाम्रालागि चुनौती बनेको छ । त्यसैले रेडक्रसले आफ्ना सिद्धान्तको सम्मान गर्दै तालिममा सहभागिहरुलाई व्यवहारिक रुपमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक विधिमा सू–सूचित गराउन सक्नु नै यो तालिमको सार्थक मानिन्छ भन्नुभएको छ ।
तालिममा प्रशिक्षकहरुबाट विशेषगरी बाढि पहिरो पुर्नलाभ कार्यक्रमको लगायतका बारेमा जानकारी गराइएको थियो । जस अनुसार २०८१ साल असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लामा अकल्पनीय रुपमा भएको धनजनको क्षती पश्चात ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा बेथानचोक गाउँपालिकाको वडा नं. ०२ र ०४ मा सञ्चालित वाढि पहिरो पुर्नलाभ कार्यक्रमबाट हाल सम्म सम्पन्न भएका खानेपानी आयोजना निर्माण तथा मर्मतका कार्य, सरसफाईका गतिविधिहरु अन्र्तगत विद्यालयहरुमा शौचालय तथा हात धुने स्थान निर्माण, सामुदायीक संलग्नता तथा जवाफदेहिता, लैङिगक समावेशिकरण तथा संरक्षण अन्र्तगतका विद्यालय तथा समुदायमा स्वास्थ्य प्रवर्दनका गतिविधि, सन्देशमुलक होर्डिङ बोर्ड राख्ने कार्य, विद्यालयहरुमा स्थापित बाल मैत्री कक्षमा शैक्षिक तथा श्रृजनात्मक सामाग्री सहयोग, जुनियर युवा रेडक्रस सर्कलको बार्षीक कार्य योजना निर्माण, उपशाखामा कार्यालय सामाग्री सहयोग तथा संस्थागत क्षमता विकास सम्बन्धी बिभिन्न तालिम सम्पन्न भएको, जिविकोपार्जन सुधार तथा ब्यबसाय प्रर्वधन अन्र्तगत ९५ जना बाढि प्रभावित लाभग्राहीहरुलाई प्रति लाभग्राही रु. ४०,०००/ को दरले शर्सत नगद अनुदान वितरण कार्य सम्पन्न भएको र कार्यक्रमले सञ्चालन गरेको गतिबिधिहरुको पालिका स्तर, वडा, दातृ निकाय तथा पत्रकारहरुको टोलीबाट संयुक्त अनुगमन भएको व्यहोरा तालिममा जानकारी गराई छलफल तथा समिक्षा समेत गराइएको थियो ।
बाढि तथा पहिरो पुर्नलाभ कार्यक्रम सञ्चालनको लागी सहजिकरण गर्न तथा तत्काल गर्नुपर्ने निर्णयहरु गर्न जिल्ला कार्य समितिको बैठकको निर्णय अनुसार गठित कार्यक्रम कार्यान्वयन प्राविधिक समितिले कार्यक्रम कार्यान्वयन गरेको जानकारी गराइएको थियो । उक्त तालिममा जिल्लाका ३८ वटा उपशाखा, जुनियर रेडक्रस सर्कल, जुनियर युवा रेडक्रस समिति, विपद् व्यवस्थापन उद्धार समिति लगायतका प्रतिनिधिहरुले तालिम लिएको जानकारी शाखाका मन्त्री राजु सिग्देलले जानकारी गराएका छन् ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |