प्रभातफेरी अनलाइन १९५ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार (५ महिना अघि)
काभ्रेपलाञ्चोक/ काभ्रको पाँचखालमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ । आज दिउँसो काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ दुलालथोकमा अरनिको राजमार्गमा दिउँसो १ः३० बजेतिर पाँचखाल नगरपालिका वडा नम्बर ६ दुलालथोकमा सवारी दुर्घटना भएको हो ।
काठमाडौंबाट सिन्धुपाल्चोकको बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ५ ख ६८३ नम्बरको मिनी आइचरलाई ठक्कर दिँदा मिनी आइचर अनियन्त्रित भई करिब १५० मिटर अगाडि पुगेर सडकको दाहिनेतर्फ करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । दुर्घटनामा मिनी आइचरमा सवार ६ जना मध्ये ३ जना गम्भिर घाइते भएका छन् । अन्य ३ जना सामान्य घाइते छन् । जसमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका बस्ने बर्ष ३० का रेशम थापाको दुवै हात र खुट्टामा चोट लागेको छ। यस्तै काभ्रेको बेथानचोक गाउँपालिका ४ बस्ने बर्ष ४३ का आइतलाल तामाङको ढाड र पेटमा चोट लागेको छ ।
झापा जिल्ला बस्ने बर्ष ५८ का लालबहादुर राईको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ भने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ बस्ने बर्ष ५८ का शेरबहादुर तामाङको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। सोही ठाउँका बर्ष २७ का फुर्वा तामाङ सामान्य घाइते भएका छन् । आइचर चालक भक्तपुर जिल्ला सूर्यबिनायक बस्ने बर्ष ५८ का रामचन्द्र अधिकारीको घाँटीमा भित्री चोट लागेको छ । बसमा सवार ११ जनामध्ये २ जना घाइते भएका छन् । जसमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ बस्ने बर्ष ७० का युक्तबहादुर खत्री सामान्य घाइते छन् । उनको पाँचखाल पोलिक्लिनिकमा उपचार भइरहेको छ। यस्तै सिन्धुपाल्चोककै बलेफी गाउँपालिका ६ बस्ने बर्ष ६६ का गोपीलाल पराजुली पनि सामान्य घाइते छन् । उनको पनि पाँचखाल पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी पाँचखालबाट प्रहरी निरिक्षक प्रशान्त तामाङको नेतृत्वमा गएको टोलीले उद्धार गरेको थियो । बस चालक काभ्रेको भुम्लु गाउँपालिका १ बस्ने बर्ष २५ का सुमन बस्नेत प्रहरी चौकी पाँचखालको नियन्त्रणमा छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |