
प्रभातफेरी अनलाइन ६२० पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १०, आईतबार (४ महिना अघि)
काभ्रेपलाञ्चोक/ पनाैतीका पुराना भित्तेचित्र सम्बन्धी तयार पारिएकाे पुस्तक सार्वजनिक भएकाे छ। बुधबार (कात्तिक ५ गते) दिउँसाे पनाैती लायकु प्यालेसमा एक कार्यक्रमका बीच पनाैती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पुस्तक बिमाेचन गर्नुभएकाे हाे ।
एक जना विदेशीसहित तीन जना लेखकहरुले तयार पारेकाे ‘पनाैतीका भित्तेचित्र र यसकाे महत्व’ (wall Penting of Panauti and their context) नामकाे पुस्तक सार्वजनिक गरिएकाे फाेटाे पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिनुभयाे । पुस्तकलाई फ्रान्सका मानवशास्त्री जेरार्ड टाेफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्धिबाबा प्रधान र पुरातत्व विभागका रसायनविद् भिमबरसिंह थापाले पुस्तक लेख्नु भएकाे हाे । यसमा पनाैतीका इतिहास झल्काउने चित्रहरुकाे बारेमा उल्लेख गरिएकाे बताइएकाे छ ।
पुस्तक विमाेचन गर्दै प्रमुख भण्डारीले प्रस्तुत पुस्तक पनाैती नगरपालिकाले स्वामित्व ग्रहण गर्दै पुनः प्रकाशन गरिएकाे बताउनुभयाे । पुराना मठमन्दिर, शिलालेख, चित्र, सम्पदालगायतका सामाग्री भाेलिका पुस्ताले पनि पढ्न पाउन् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएकाे उहाँकाे भनाइ छ । हाम्रा धराेहरहरु हाम्रै आवश्यकताले मासिएका बताउँदै उहाँले संरक्षणमा नगरपालिकाले काम गरिरहेकाे जानकारी दिनुभयाे । पनाैतीकाे इतिहास जाेगाउन प्रस्तुत पुस्तक महत्वपूर्ण हुने उहाँकाे विश्वास छ। कार्यक्रममा नगरपालिकाका स्थानीयवासी, पनाैती पर्यटन सूचना केन्द्रका अध्यक्ष पुरुषाेत्तम कर्माचार्यलगायतकाे उपस्थिती थियाे । कार्यक्रम फाेटाेपत्रकार प्रशान्त श्रेष्ठले संचालन गर्नुभएकाे थियाे ।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |