logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

जुवा खेल्ने सातजना पक्राउ

प्रभातफेरी अनलाइन१२४ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २५, सोमबार(७ महिना अघि)
जुवा खेल्ने सातजना पक्राउ

काभ्रेपलाञ्चोक/ जुवा खेल्ने खेलाउने सात जनालाई प्रहरीले नगद सहित नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ नालामा जुवा खेल्ने खेलाउने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक जिल्लाका सूचना अधिकारी रबिन बिष्टका अनुसार नगद दुई लाख ३८ हजार २१५ सहित मानिस पक्राउ गरेका हुन् ।

शनिबार करिब ३ बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.०४ नाला स्थितमा रहेको पिक्निक स्थलमा जुवा (कौडा) खेल्ने खेलाउने कार्य भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी अधिकृतको कमाण्डमा टोली खटि गई नगदस्शित पक्राउ गरेको बिष्टले जानकारी दिए । जुवा खालमा नगद दुई लाख ३८ हजार दुई सय पन्ध्र रुपैंया र कौडा–१६ थान बरामद गरेको उनको भनाइ छ । पक्राउ परेका व्यक्तिहरू उपर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएएको छ ।