काभ्रे उद्योग वाणिज्य संघको साधारणसभा सम्पन
प्रभातफेरी अनलाइन ३६४ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २८, बिहिबार (४ महिना अघि)
काभ्रेपलाञ्चोक/ काभ्रे उद्योग बाणिज्य संघको ५९ औ स्थापना दिवस तथा ४३ औं बार्षिक साधारणसभाको आईतबार उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजीहरुको आन्दोलन हिंसात्मक गतिविधिमा जानु दुःखद् भएको बताउनुभएको छ ।
ढकालले जेनजी आन्दोलनको उद्देश्य तोडफोड र आगजनी नभएपनि कैयौ उद्योग, व्यवसाय र नीजि सम्पति तोडफोड र आगजनी गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनहरुका आन्दोलनमा व्यवसायमाथि प्रहारको श्रृखला बढेको भन्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर नीजि क्षेत्रको मनोबल उच्च बनाउन आग्रह गरेको सम्बोधनका क्रममा अध्यक्ष ढकालले बताउनुभएको हो । उहाँले भेटमा नीजि क्षेत्रलाई आक्रमण नहुने र रक्षा गर्ने गरी संकल्प प्रस्ताव पारित गराउन माग गरेको बताउँदै सरकारले सुरक्षित रुपमा व्यवसाय गर्ने वातावरण नबनाए राज्यलाई कर दिर्ने र लाखौं नागरिकलाई रोजिरोटी दिने क्षेत्र संकटमा पर्ने समेत दावी गर्नुभएको छ ।
वार्षिक साधारणसभामा सम्बोधन गर्दै काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यले उद्योगीलाई लगानीको वातावरण मिलाउन सरकारसँग अनुरोध गर्नुभएको छ । उहाँले हलो देखि हाईड्रोसम्म भएका लगानीको सुरक्षा, व्यवसायीक वातावरण, उद्योगमैत्री नीति, विकास निर्माण तथा नागरिकहरुले खोजेको रोजगारमा नीजि क्षेत्रको लगानीको धारणा सार्वजनिक गर्नुभएको थियो । सम्बोधनका क्रममा अध्यक्ष बैद्यले आफ्नो कार्यकालमा भएका गतिविधिहरुबारे जानकारी गराउँदै आगामी योजनाका साथै अरनिको राजमार्ग विस्तार, स्थानीय सरकारसँगको सहकार्य तथा तीन तहकै सरकारसँग भएका सहमतिहरुको पालनाका बारेमा संघको स्पष्ट धारणा राख्नुभयो ।
उक्त स्थापना दिवस तथा वार्षिक साधारणसभा समारोहमा प्रतिनिधिसभाका निवर्तमान सदस्य सूर्यमान दोङ (लालध्वज) महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षद्वय सुरकृष्ण बैद्य र ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पाँचखालका नगर प्रमुख महेश खरेल, बनेपा नगर उपप्रमुम विमला सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु, काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु, उद्योगी ब्यवसायीको सहभागिता रहेको थियो । सो समारोहलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले हरेक आन्दोलनमा उद्योगी, ब्यवसायीहरु मात्रै निसानामा पर्ने गरेकाले राज्यले सुरक्षा प्रदान नगरे उद्योगी व्यवसायी पलायन हुनुको विकल्प नरहेको बताएका छन् ।
समारोहमा वक्तहरुले जनप्रतिनिधि व्यापारीहरुलाई साक्षी राख्दै कार्यक्रमको औंचित्य पुष्ठी गर्ने क्रममा जेन्जी आन्दोलन पछिको पुनः निर्माणले व्यावसायिहरुको पहिचान के रहेछ भन्ने सबै क्षेत्रले बुझेको बताए । क्षती भएका सुरक्षा निकायका भौतिक संरचना पुनः निर्माणमा व्यवसायीहरुले देखाएको जुझारुक्ताको मुक्त कण्ठले प्रसंशा गर्दै विध्वंस पछिको निर्माण चिरस्थायी हुनेमा विश्वस्त रहेको व्यक्ताहरुको भनाई थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव रञ्जित पलाञ्चोकेले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट योगदान पु¥याउने व्यवसायीलाई सम्मान गरिएको थियो । साधारणसभाले कार्यसमितिमा रिक्त रहेका पदपूर्ति गर्दै सभामा प्रस्तुत प्रतिवेदन समेत पारित गरेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |