Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नवलपरासीमा २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो

प्रभातफेरी अनलाइन २३४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १, मंगलबार (३ महिना अघि)
नवलपरासीमा २ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझो

नवलपरासी/ पहाडमा बसाई सरेर खेतबारी बाझो हुन थालेको चर्चा चलिरहदा नवलपरासी जिल्लामा पनि अहिले दुई हजार भन्दा बढि खेती बाँझो देखिएको तथ्याँकले देखाएको छ । पहाडमा मात्रै खेतीयोग्य जग्गा बाँझो पर्ने गरिएको मात्रै नभई तराईका जिल्लामा पनि बाँझो जग्गा देखिनु कृषि प्रति स्थायिन युवालाई प्रोत्साहन नगरिएको अवस्था तथ्याँकले देखाएको हो ।

जिल्ला समन्वय समितिले मलखाँदको कोटा वृद्धि गर्नका लागि लुम्बिनी प्रदेश सरकारमा पेश गरेको खेती तथा जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि पेशा प्रति स्थानिय युवाको नैराश्यता,खेतीमा सरकारको कम लगानी,सिचाई,मलखाद्य,उन्नत विउँ बिजन,उत्पादित कृषजन्य पदार्थको बजारीकरण लगायतका चुनौतीले पनि पहाडमा मात्रै नभई अहिले तराईकै जिल्लामा पनि खेती योग्य जग्गा भए पनि कम खेती गर्न थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उक्त तथ्याँक अनुसार सबै भन्दा बढि खेतीयोग्य जग्गा रामग्राम नगरपालिकामा ७ हजार ९ सय ६ हेक्टर रहेको छ,जस्मा ७ हजार ८ सय ७५ हेक्टर जग्गामा खेती गरिएको र ३१ हेक्टर जमिन बाँझो अवस्थामा देखिन्छ । त्यसै गरि क्रमशःवर्दघाट नगरपालिकामा खेतीयोग्य जग्गा ६ हजार ७२ हेक्टर रहेकोमा ५ हजार ४ सय ७६ हेक्टरमा खेती गरिएको छ भने ५ सय ९६ हेक्टर बाँझो छ । सुनवल नगरपालिकामा ४ हजार ९ सय ३४ हेक्टर खतीयोग्य जग्गा रहेकोमा ४ हजार ९ सयमा खेती भई रहेको र ३४ हेक्टर बाँझो छ । सरावल गाउपालिकामा ५ हजार ५ सय ४९ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ३ सय ४२ हेक्टरमा खेती भई रहेको र २ सय ७ हेक्टर बाँझो छ ।
प्रतापपुर गाउपालिकामा ५ हजार ९ सय ७८ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ८ सय ७ हेक्टरमा खेती भएको र १ सय ७१ हेक्टर बाँझो अवस्थामा देखिन्छ । त्यसै गरि सुस्ता गाउपालिकामा ५हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिन रहेको र ४ हजार ५ सय ९५ हेक्टरमा खेती भई रहेको र ६ सय २ हेक्टर बाँझो अवस्था देखाउछ । पाल्ह्ीनन्दन गाउपालिकाको कुल ३ हजार ७ सय ७१ हेक्टर खेतीयोग्य जमिन रहेको र ३ हजार १ सय २७ हेक्टरमा खेती भएको तथा ६ सय ४४ हेक्टर जग्गा बाँझो देखाइएको छ । खेतीयोग्य जग्गा सबै भन्दा थोरै रहेको र सबै भन्दा बाझो खेती हुने जग्गा पनि पाल्हीनन्दनमै देखिएको छ ।

यसै गरि सिचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रसिसत जग्गामा मात्र सिचाई पुगेको छ । खेती गर्ने प्रकारको आधार मान्ने हो भन्ने केरा खेती २ हजार ५ सय ४४ हेक्टरमा,उखु खेती ३ हजार ४ सय ३८ हेक्टर,तरकारी खेती २ हजार २ सय २३ हेक्टर र बीउ उत्पादन ढाकेको क्षेत्रफल १ हजार ५ सय ७१ हेक्टर रहेको छ । जस्मा सबै भन्दा बढि केरा उत्पादन हुने सुस्ता गाउपालिकामा १ हजार ४ सय ६० हेक्टर रहेको छ । उखु सबै भन्दा बढि प्रतापपुरमा २ हजार १ सय ४ हेक्टर रहेको छ । त्यसै गरि तरकारी खेती सबै भन्दा बढि ७ सय २१ हेक्टर रामग्राम नगरपालिकामा हुने गरेको तथ्याँकले देखाएको छ । त्यसै गरि विउँजिनमा पनि सबै भन्दा बढि रामग्राममै हुने गरेको र कुल ९ सय ९२ हेक्टरमा बीउँबिजन हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0