
प्रभातफेरी अनलाइन ९८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २३, बुधबार (३ हफ्ता अघि)
काठमाडौं/ नियात्राकार छविरमण सिलवालको नविनतम नियात्राकृति अमेरिकाको घाम लोकार्पित भएको छ ।
बुधबार राजधानीमा उक्त कृति श्रीओम श्रेष्ठ रोदन,नियात्राकार सिलवाल, सुमन सौरभ,केशव पराजुली, नन्दु उप्रेती,
मधु पाठक, प्रदीप सापकोटा लगायतले लोकार्पण गरे ।
नियात्राकार सिलवाल पाठकलाई आफुसँगै अमेरिका, यूरोप र चीनको यात्रा गराउन सक्षम भएको बरिष्ठ साहित्यकार रोदनले बताए ।
कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउँने भुँडीपुराणका प्रवन्ध निर्देशक पराजुलीले बताए । यस अघि दश कृतिहरु प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो ।
कृतिभित्र विभिन्न शिर्षकका १३ थान नियात्राहरु समावेश भएका छन् ।
राजकुमार बानियाँका अनुसार सरल,सहज र सवेद्य भाषा अनि गाहे ब गाहे काव्यलहरीले यात्रा वृतान्तलाई सुन्दर बनाएको छ ।
कुमारी लामा भन्छिन जीवनका हर क्षण उत्सवमय बनाउन खप्पिस सिलवाल स्लोभेनियन नजरावें मा एकाध पटक मात्र सामेल भए तापनि अमेरिकाको घाम मार्फत समस्त पाठकहरुलाई रमरमिलो महसुस गराउन भने सफल छन् ।
अमेरिकाको घामलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.२७५। रहेको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |