logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

प्रभातफेरी अनलाइन८४ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ५, आईतबार(५ महिना अघि)
लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता बामदेव गौतम, नेता वर्षमान पुन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, सुदर्शन बरालसहितका नेताहरूको उम्मेदवारी टुङ्गो लगाएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका मानेको लुम्बिनीमा अहिले करिब २ दर्जन दल समायोजन भएपछि पहिलेभन्दा धेरै क्षेत्र जित्ने दाबी नेकपाले गर्दै आएको छ । प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा अधिकांश क्षेत्रमा उम्मेदवारी टुङ्गो लागेको र केही जिल्लाका केही क्षेत्रमा आइतबार टुङ्गो लाग्ने नेकपा नेता मेटमणि चौधरीले नेपाल प्रेसलाई बताए ।

‘अधिकांश क्षेत्रमा टुङ्गो लागेको छ, टुङ्गो लागेका केहीले त टिकट नि लगेर गइसक्नुभएको छ, केही जिल्लामा दुई तीन नाममा कसलाई पठाउँदा ठिक होला भन्ने विषय आइतबारसम्म टुङ्गो लाग्छ’ उनले भने ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बलियो आधार क्षेत्र मानेको रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने निश्चित भएको छ । त्यसैगरी रोल्पामा नेता वर्षमान पुनको उम्मेदवारीको टुङ्गो लागेको हो ।

पुनले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए भने प्रचण्डले पहिलोपटक रुकुमपूर्वबाट उम्मेदवारी दिने भएका हुन् ।