Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

प्रभातफेरी अनलाइन १२६ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १६, बिहिबार (३ महिना अघि)
दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बनेपा, काभ्रेपलाञ्चोक/ दुमो बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक स्थापना दिवस विभिन्न औपचारिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीको भूमिका, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल भएको थियो।


कार्यक्रमका प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थले सहकारी आन्दोलन आर्थिक समावेशीकरणको आधार भएको उल्लेख गर्दै सहकारीको सफलताको मूल आधार सदस्यहरूको विश्वास र पारदर्शी व्यवस्थापन रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले बदलिँदो आर्थिक परिस्थितिमा सहकारीहरूले जोखिम मूल्याङ्कन, उत्पादनमुखी लगानी र वित्तीय अनुशासनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य दुमो बचत तथा ऋण सहकारी संस्था लि.की उपाध्यक्ष कृष्णमाया दुलालले गर्नुभएको थियो। उहाँले १६ वर्षको यात्रामा संस्थालाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार र सदस्य–मुखी सहकारी निर्माणमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशिष्ट अतिथिका रूपमा बनेपा नगरपालिका वडा नं. ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठले सहकारी र स्थानीय तहबीचको सहकार्यले समुदायको समग्र विकास सम्भव हुने बताउनुभयो। त्यसैगरी बनेपा वडा नं. ३ का अध्यक्ष रमेश दाहालले दुमो सहकारीले आफ्नो कार्यक्षेत्रलाई थप बृहत् बनाउँदै आर्थिक तथा सामाजिक क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो।


कार्यक्रममा बुडेाल सामुदायिक साकोसका सचिव जयराम थापाले सहकारीको मर्म, मूल्य र सिद्धान्तबारे प्रकाश पार्दै सहकारी भनेको केवल आर्थिक कारोबारको माध्यम मात्र नभई सामाजिक एकताको बलियो आधार भएको धारणा राख्नुभयो।

कानुनी सल्लाहकार दिपक शर्मा जङ्गमले सहकारी सञ्चालनमा कानुनी मर्यादा, सुशासन र उत्तरदायित्व अनिवार्य रहेको उल्लेख गर्दै नियम र कानुनको पालना नै संस्थाको दीर्घकालीन सफलताको आधार हुने बताउनुभयो।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकारले दुमो सहकारीको स्थापना कालदेखि हालसम्मको अवस्थाबारे जानकारी गराउँदै सीमित स्रोत, सानो पूँजी तर ठूलो विश्वासका साथ सुरु भएको सहकारी आज स्थिर र भरोसायोग्य संस्थाको रूपमा स्थापित हुन सफल भएको बताउनुभयो। उहाँले यस यात्रामा संस्थापक, पूर्व पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरूको योगदान स्मरण गर्नुभयो।

संस्थाको १६औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा २२ जनाभन्दा बढीले सहभागिता जनाउँदै मानव सेवामा उल्लेखनीय योगदान दिएका थिए। यस कार्यक्रमले सहकारीको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई उजागर गरेको सहभागीहरूको भनाइ थियो।

 

कार्यक्रममा आगामी दिनमा पारदर्शिता र वित्तीय सुशासनलाई प्राथमिकता दिने, प्रविधिमैत्री तथा छिटोछरितो सदस्य–मुखी सेवा विस्तार गर्ने, जोखिम मूल्याङ्कन गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने, सहकारी शिक्षा र वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा उद्योग र उद्यमशीलता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै स्थानीय सरकार र अन्य सरोकारवाला निकायसँग सहकार्य गरी सामाजिक विकासका कार्यहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता समेत दोहोर्याइएको छ।

 

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कुमार रम्तेलले गर्नुभएको थियो। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि महानुभावहरू, प्रहरी प्रशासन, सञ्चारकर्मी, कर्मचारी तथा शेयर सदस्यहरूप्रति संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
सबैको साथ, सहयोग र विश्वासका साथ दुमो बचत तथा ऋण सहकारी संस्था लि.लाई अझ सबल, सुरक्षित र उदाहरणीय संस्था बनाउँदै लैजाने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0