Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन ७५ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २९, बुधबार (२ महिना अघि)
विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौँ / घरदेशदेखि परदेशमा नेपाली भाषा साहित्यको प्रवद्र्धन तथा प्रवासमा नेपाली भाषा पुस्तान्तरणमा सक्रिय रहेकी साहित्यकार विमला निरौलाको तेह्रौँ कृति प्रेमाश्रु कथासङ्ग्रह सार्वजनिक भएको छ ।

मिलाप पब्लिकेशनले आयोजना र अनेसास दर्पणले संयोजन गरेको लोकार्पण कार्यक्रमको सभापतित्व पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले गरेका थिए भने प्रमुख आतिथ्यता स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए । अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहालले उपस्थित अतिथिहरुलाई मन्तव्यसहित स्वागत गरेका थिए ।

प्रमुख अतिथि रोदन, सभापति भुसाल बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधान, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, प्रा.डा. यज्ञश्वर निरौला, सम्पादक दाहाललगायत उपस्थित सबै विशिष्ट साहित्यकारहरुबाट कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।
कृति लोकार्पणपश्चात् सर्जक विमला निरौलालाई विशिष्ट अतिथि प्रमोद प्रधानले दोसल्ला, प्रमुख अतिथि रोदनले माला तथा मिलापका अध्यक्ष भूसालले मिलाप कभर सम्मान गरेका थिए ।

साहित्यकार भैरवी भूगोलको माधुर्यतापूर्ण आवाजबाट सञ्चालित कार्यक्रममा प्रा.डा. यज्ञश्वर निरौलाले कृतिमाथि समीक्षा गरेका थिए । निरौलाले सरल सरस र सुललित प्रस्तुतिका कारण कथाहरु एकै बसाईमा झर्को नलागी पढिने र मन छुने रहेको बताएका थिए । २९ कथामध्ये १८–२० ओटा कथा प्रेमसम्बन्धी शीर्षक रहेको र अन्य कथाहरुको विषयवस्तु र घटना पनि प्रेममय नै भएको बताएका थिए ।

विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले प्रेमाश्रुले पाठकको मन जित्ने कुरा बताउँदै स्रष्टा विमला निरौलालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी गीतकार संघका अध्यक्ष थापाले आउँदै गरेको प्रेमदिवसको सन्दर्भ कोट्याउँदै प्रेमाश्रुका लागि बधाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साहित्यकार फणिन्द्र निरौलाले कृतिकारको सिर्जनाहरुका पाठक आफू पहिलेदेखि भएको कुरा बताउँदै शुभकामना तथा बधाई दिएका थिए ।
साहित्यकार लक्ष्मी उप्रेतीले बालसाहित्यमा विशेष योगदान पुर्याउने स्रष्टा निरौलाको बालसाहित्यसम्बन्धी प्रकाशोन्मुख संयुक्त कृति प्रकाशन हुने कुराको जानकारी दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधानले लेखक र स्रष्टामा भएको भिन्नता बताउँदै विमला निरौला लेखक नभएर एक स्रष्टा भएको बताए । प्रधानले शुभकामना दिने क्रममा स्रष्टा निरौलाले बाल साहित्यमा गरेको योगदानको चर्चा गर्दै निरौलाद्वारा बाल साहित्य समाज नेपालमार्फत बालसाहित्यमा कलम चलाउनेका लागि अक्षेरुपी दुई लाखको अक्षयकोष खडा गरी पुरस्कारको व्यवस्था समेत गरेको जानकारी गराएका थिए ।

अनेसासकी निवर्तमान महासचिव साहित्यकार तथा लोकार्पित कृतिका स्रष्टा विमला निरौलाले कृति लेखनका विषयमा बताएकी थिइन् । स्रष्टा मन्तव्यका क्रममा उपस्थित अतिथिहरुको आशीर्वाद एवं मायाका कारण भावविह्वल बनेकी स्रष्टाका आँखाबाट प्रेमाश्रु खसेका थिए ।

प्रमुख अतिथि रोदनले राष्ट्रकवि घिमिरे, लक्ष्मीप्रसाद देवकोटाका कृति र वर्तमानका नेपाली साहित्यिक कृतिहरु, त्यसबेलाको साहित्यिक पुरस्कार र वर्तमानका पुरस्कारहरुको तुलना गर्दै स्रष्टा विमला निरौलाजस्ताका कृतिहरु पछिसम्म बाँचिरहने कुरा व्यक्त गरेका थिए । रोदनले अन्य पेशामा दाग बनाएका व्यक्तिहरु पनि पैसाका ताकतमा साहित्यका पेशामा आई दाग मेट्ने गरेकाले विकृति फैलिएको कुरा बताएका थिए ।

कार्यक्रमका सभापति कृष्ण भुसालले कार्यक्रम समापनका क्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै मिलापबाट स्रष्टा विमला निरौलाको कृति प्रकाशन तथा कार्यक्रम आयोजना गर्न पाएकोमा गौरवान्वित भएको कुरा बताएका थिए ।

कार्यक्रममा राजधानीस्थिति साहित्यकारहरुको उल्लेख्य रुपमा उपस्थित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0