Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ४, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

प्रभातफेरी अनलाइन १४६ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ६, बुधबार (१ महिना अघि)
दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

नुवाकोट/ नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेलाई ठुलो सांगठनिक झट्का लागेको छ। बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ५० जना भन्दा बढी सक्रिय नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार हितबहादुर तामाङले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे । स्वागत गर्दै नेता तामाङले अबको विकास र समृद्धिको नेतृत्व कम्युनिस्ट पार्टीले मात्र गर्ने दाबी गर्दै नयाँ सदस्यहरूलाई पार्टीमा उचित जिम्मेवारी र सम्मान दिइने प्रतिबद्धता व्यक्त गरे ।

दुप्चेश्वरका विभिन्न टोल र बस्तीबाट नेपाली कांग्रेस परित्याग गरी कम्युनिस्ट पार्टी रोज्नेहरूमा रोश बहादुर तामाङ, सानु कान्छा तामाङ, होम बहादुर तामाङ,, चैनामा तामाङ, भिम बहादुर तामाङ हुन् ।

त्यसैगरी दुप्चेश्वरकै अन्य क्षेत्रबाट इनामा तामाङ, लाल माया तामाङ, काली तामाङ, मरफिले तामाङ, कान्छी तामाङ, काले तामाङ, मिने तामाङ, गोरे तामाङ, कृष्ण बहादुर, पूर्ण बहादुर र हरि बहादुर तामाङ लगायतका सयौं कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी प्रवेश गरेका छन् । अहिलेका जेन जि पुस्ताका युवाहरु पनि नेपाली कम्युनिस्ट पार्टिमा प्रवेश गर्नुले नुवाकोट क्षेत्र नम्बर १ तारामय बनेको हो।

पार्टी प्रवेश गर्ने कार्यकर्ताहरूले नेपाली कांग्रेसको वर्तमान कार्यशैली र नीतिप्रति असन्तुष्टि जनाउँदै मुलुकको समृद्धिका लागि कम्युनिस्ट विचार नै उत्तम रहेको उल्लेख गरेका छन् । दुप्चेश्वरमा भएको यो ठुलो राजनीतिक ध्रुवीकरणलाई आगामी निर्वाचनको तयारी नेपाली कम्युनिस्ट पार्टीको बढ्दो प्रभावका रूपमा हेरिएको छ। कार्यक्रममा कम्युनिस्ट पार्टीका अन्य स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0