Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

प्रभातफेरी अनलाइन ३७५ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ६, बुधबार (१ महिना अघि)
काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

काभ्रेपलाञ्चोक/ काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई समाजवादी विचार, न्याय र समानतामूलक विकासको एजेण्डासहित चुनावी मैदानमा उत्रनुभएको छ। सरल स्वभाव र जनमुखी शैलीका कारण किसान तथा मजदुरमैत्री नेताका रूपमा परिचित हुमागाई अहिले पनि सार्वजनिक बसमा यात्रा गर्ने, चोक–चौतारी र चिया पसलमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने नेताका रूपमा चिनिनुहुन्छ।

वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मनुभएका हुमागाईले २६ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेर नेतृत्व यात्राको सुरुवात गर्नुभएको थियो। सामाजिक न्याय र परिवर्तनमुखी सोचका साथ राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ केही समय शिक्षण पेशामा समेत संलग्न रहनुभएको थियो।

२०७४ सालको प्रदेश निर्वाचनमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएपछि उहाँले प्रदेशस्तरका नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। पछि माधवकुमार नेपाल नेतृत्वको राजनीतिक धारमा आवद्ध हुँदै नेकपा एकीकृत समाजवादी बाट बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा १३ महिना कार्यसम्पादन गर्ने अवसर पाउनुभयो।

मन्त्री कार्यकालमा कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यविधि ८ बाट बढाएर १४ पुर्‍याइएको, बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गरिएको तथा कृषि ऐन र पोलिसी विकास बोर्ड गठनको तयारी अन्तिम चरणमा पुर्‍याइएको उहाँको दाबी छ। यद्यपि २०७९ सालको नयाँ संसद गठनपछि ती ऐन कार्यान्वयनमा आउन नसकेको उहाँ बताउनुहुन्छ।

 

हुमागाईको कार्यकालमा रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत सहुलियत ऋण, उत्पादनमा आधारित अनुदान तथा क्षतिपूर्ति, कृषि बीमा कार्यक्रम र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रम सुरु गरिएको थियो। किसान परिचयपत्र वितरण कार्यविधि र विपद् क्षतिपूर्ति कोष स्थापना जस्ता कार्यक्रमले किसानलाई प्रत्यक्ष राहत पुगेको उहाँको भनाइ छ।

उत्पादनको गुणस्तर सुधार र प्रभावकारी बजारीकरणमा जोड दिन सके स्वदेशमै दश हजारभन्दा बढी युवालाई रोजगारी सिर्जना गर्न सकिने उहाँको दाबी छ।

मन्त्री कार्यकालमा जिल्लाभित्र ८–१० वटा ठूला सडक तथा पक्की पुल निर्माण भएको र सिंचाइ तथा खानेपानीका दर्जनौँ योजना कार्यान्वयनमा गएको उहाँले बताउनुभयो। काभ्रेका १३ वटै पालिकामा डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका विकास योजना पाइपलाइनमा रहेको उहाँको दाबी छ।

मण्डनदेउपुर क्षेत्रमा करिब ५० करोड रुपैयाँ लागतको पुल निर्माण, हिले–जलजले तालका लागि ९ करोड रुपैयाँको ठेक्का, तथा विभिन्न पालिकामा सडक, सिँचाइ, विद्यालय र खानेपानी योजनामा बजेट सुनिश्चित गरिएको उहाँले उल्लेख गर्नुभयो। रयाले–पर्खालचौर–जामे सडक र धाराचौर–सूर्यविनायक सडक निर्माण सम्पन्न भइसकेको उहाँको भनाइ छ।

काभ्रेको विकासमा देखिएका चुनौतीबारे बोल्दै उहाँले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण योजनाबद्ध विकास प्रभावित भएको बताउनुभयो। कार्यविभाजन स्पष्ट नहुँदा दोहोरो खर्च हुने अवस्था सिर्जना भएको भन्दै तीनै तहका सरकारबीच सहकार्य, पारदर्शिता र जवाफदेहितालाई अपरिहार्य ठहर गर्नुभयो।

“जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म न्याय, समानता र समृद्धिको सपना पूरा हुँदैन,” उहाँको भनाइ छ, “समाजवादी यात्रामार्फत् नै देशलाई दिगो विकास र रूपान्तरणको बाटोमा लैजान सकिन्छ।”

जनताको चाहनाअनुसार काम गरेको दाबी गर्दै हुमागाईले आगामी निर्वाचनमा विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभएको छ।
यि हुन् हुँमागाईका जित्ने आधारस् सरल स्वभाव र जनमुखी शैलीका नेता हँुमागाईलाई किसान तथा मजदुरका नेताका रूपमा चिनिन्छ । अहिले पनि सार्वजनिक बसमा यात्रा गर्ने उहाँ चोक, चौतारी, चिया पसल र प्रतिक्षालयमा सहजै भेटिनु हुन्छ । पनौती, बेथानचोक, धुलिखेल, बनेपा, भुम्लु, पाँचखाल र मण्डनदेउपुरका नागरिकले सजिलै भेटेर समस्या राख्न सक्ने र नागरिकका समस्यालाई गम्भिर रुपमा लिदै त्यसको सम्धोबन गर्ने नेता भएको कारण आमनागरिकले हुँमागाईलाई सरल र मिजाशिला नेताका रुपमा लिने गरेका छन् । हुमागाई २०७४ सालको प्रदेश निर्वाचनमा बागमती प्रदेश सभाका सांसद निर्वाचित भएर नागरिकको योजनादेखि प्रदेश सरकारको नीति कार्यक्रमलाई थप प्रभावकारी बनाउने भूमिकामा निकै सक्रियपूर्वक काम गरेको प्रदेशसभा सदस्यमो रुपमा परिचित छन् । माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट विद्रोह भएपछि उहाँ नेकपा एकीकृत समाजवादीमा आवद्ध रहँदै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा १३ महिना कार्यसम्पादन गर्ने अवसर पाउनुभएको थियो । मन्त्री पदमा रहँदा दुग्ध उत्पादनमा आधारित अनुदान, कृषि तथा पशुपन्छी उपजमा आधारित अनुदान, विपद् तथा महामारी क्षतिपूर्ति कोष, किसान परिचयपत्र वितरण कार्यविधि लगायतका कार्यक्रम लागू गरिएको उहाँको दाबी छ । ती कार्यक्रमका कारण धेरै किसानले प्रत्यक्ष राहत महसुस गरेका छन् । पूर्वाधार विकासमा विशेष चासो स्थानीय पूर्वाधार विकासमा उल्लेख्य काम भएको दाबी गर्दै हुमागाईले अधुरा योजनाहरू छिट्टै सम्पन्न गरिने बताएका छन् । उहाँका अनुसार मण्डनदेउपुर क्षेत्रमा करिब ५० करोड रुपैयाँको लागतमा पुल निर्माणका काम अघि बढेका छन् भने हिले–जलजले तालका लागि ९ करोड रुपैयाँको ठेक्का लगाइसकिएको छ, यद्यपि केही योजना अझै पूरा हुन बाँकी छन् । बेथानचोक गाउँपालिकाको एक वडामा ३० करोड रुपैयाँको बजेट विनियोजन गराउन आफूले पहल गरेको उल्लेख गर्दै उहाँले मन्त्री पदमा रहँदा मात्र नभई जिम्मेवारी बाहिर रहँदा पनि विकास बजेट सुनिश्चित गरेको बताउनुभयो । ‘सडक, खानेपानी, विद्यालय, सिँचाइ, पक्की कुलो र कृषि क्षेत्रमा उल्लेख्य काम गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘नीति आयोगबाट प्रस्तावित पाउडर दूध कारखानाको काम बीचमै रोकिए पनि अब रोकिएका योजना पुनःअघि बढाइनेछन् ।’ रयाले–पर्खालचौर–जामे सडक तथा धाराचौर–सूर्यविनायक सडक जस्ता महत्वपूर्ण सडक निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै हुमागाईले जनभावना अनुसार विकासका काम गरिएको उहाँको दाबी छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपारेको कुनै पालिका नभएको समेत उहाँको भनाई छ । ‘हामीले जनताको चाहना अनुसार काम गरेका छौँ, त्यसैले आगामी निर्वाचनमा जित सुनिश्चित छ ।’ उहाँले आधारसहित अगाडी सार्दै थप्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0