Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक उतरदायित्वसङै शिक्षामा उत्कृष्टता हाशिल हुनु नै ज्ञानकुण्जको पहिचान हो: निर्देशक बैंध

प्रभातफेरी अनलाइन १३२ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ८, शुक्रबार (२ महिना अघि)
सामाजिक उतरदायित्वसङै शिक्षामा उत्कृष्टता हाशिल हुनु नै ज्ञानकुण्जको पहिचान हो: निर्देशक बैंध

काभ्रे/ संस्थागत बिधालय मध्ये उत्कृष्ट पहिचान रहेको शैक्षिक प्रतिष्ठान ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आफ्नो स्थापनाको २३औं वर्षमा प्रवेशको अवसरमा वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सकारात्मक सोच, दृढ इच्छाशक्ति र निरन्तर परिश्रमका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रतिष्ठानले शैक्षिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अघि बढाएको संस्थाका प्रवन्ध निर्देशक प्रताप बैधले जनाउनु भएको छ।

 

प्रतिष्ठानका प्रबन्ध निर्देशक वैद्यले शिक्षाको रूपान्तरणकारी शक्तिबारे चर्चा गर्दै व्यावहारिक तथा जीवनोपयोगी शिक्षाको आवश्यकता औंल्याउनु भएको छ ।उहाँले चालु शैक्षिक सत्रमा ३५ लाख रुपैयाँभन्दा बढी छात्रवृत्ति वितरण गरिएको जानकारी दिँदै आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत शिक्षाको समान अवसर प्रदान गर्न संस्था प्रतिबद्ध रहेको बताउनु भएको छ । सम्बोधन कै क्रममा “हामी शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहार, सीप र नेतृत्व विकाससँग जोड्न चाहन्छौं,” प्रबन्ध निर्देशक बैंधको कथन थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी शैक्षिक संस्थाहरूले स्थानीय तहमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन् । उहाँले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई समाज परिवर्तनको आधारशिला भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिसँगै नैतिकता, अनुशासन र सामाजिक जिम्मेवारीसमेत आत्मसात् गर्न आग्रह गरे। विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद, अनुसन्धान, नवप्रवर्तन र समाजसेवामुखी गतिविधिलाई प्राथमिकतामा रहेको सम्बोधनका क्रममा व्यक्त गर्नु भएको छ ।

बिधालयका सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले विगत एक वर्षमा हासिल गरेका शैक्षिक तथा अतिरिक्त उपलब्धिहरू सार्वजनिक गर्दै विभिन्न राष्ट्रिय तथा स्थानीय प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेको जानकारी गराएका थिए । सो अवसरमा प्ले–ग्रुपदेखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थितिले बार्षिक उत्सवको रौनक नै उल्लासमय बनाएको उपस्तिथि जो कोहीले मनन गर्न सक्ने वातावरणले पुष्टि गरेको छ ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याबसन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयले शिक्षा तथा कला क्षेत्रमा विशेष योगदान पुर्‍याउने भुषण भोमि श्रेष्ठ, के.जी. वैदार, जुजुभाई मानन्धर र मोहन तौजले लगायतका स्रष्टाहरुलाई सम्मान गरेको थियो।

बार्षिक उत्सवमा विद्यार्थीहरूले मौलिक नृत्य, संगीत, नाटक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले समारोहलाई थप आकर्षक बनाएको थियो। अभिभावकहरूले यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास, प्रस्तुति क्षमता र सिर्जनात्मक सोच विकासमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।

 

विगत २३ वर्षमा प्रतिष्ठानले नवीनतमशिक्षण प्रविधि आत्मसात् गर्दै डिजिटल कक्षा सञ्चालन, विज्ञान प्रदर्शनी, सृजनात्मक लेखन, कला तथा खेलकुद गतिविधिमा विशेष जोड दिएको जनाएको छ। सहकारी भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यालयले विभिन्न परोपकारी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि विशेष छात्रवृत्ति योजना प्रभावकारी रूपमा अघि बढाइएको संस्थाले जनाएको छ।

विद्यालय प्रशासनले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै शिक्षालाई व्यवहारमुखी र रोजगार उन्मुख बनाउने लक्ष्यसहित आगामी दिनमा थप नवीन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको संस्थापक संचालक आत्माराम थापालेभेटमा सार्वजनिक गर्नु भएको छ । शिक्षामार्फत राष्ट्र निर्माणमा योगदान पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित प्रतिष्ठानले आगामी वर्षहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता लिएका छौं भन्नू हुन्छ संस्थापक संचालक थापा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0