logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

निर्णय फिर्ता नगरे सशक्त प्रतिवाद गर्न क्रान्तिकारी तयार ! त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवारी बनेपा नगरपालिकाले लिनु पर्ने,

प्रभातफेरी अनलाइन१९५ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार(३ महिना अघि)
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

काभ्रे / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले एक बिज्ञप्ति जारी गर्दै बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवन खाली गरी सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

अनेरास्ववियु जिल्ला समितिद्वारा जारी प्रेस विज्ञप्तिमा बनेपा नगरपालिका वडा नं. ५ मा सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिकाको मातहत ल्याई कार्यालय सञ्चालन गर्ने विषयमा नगर प्रमुखको हस्ताक्षरसहित पत्र सार्वजनिक भएको उल्लेख गरिएको छ। उक्त निर्णयले हजारौँ विद्यार्थीको शैक्षिक भविष्यमा प्रत्यक्ष असर पर्ने तथा अभिभावकको विश्वास माथि प्रहार भएको संगठनको ठहर छ।

विज्ञप्तिमा भनिएको छ शैक्षिक क्षेत्र संवेदनशील विषय भएकाले भौतिक संरचना, लगानी, प्रयोगशाला, विद्यार्थीको माग तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी एकतर्फी निर्णय गर्नु गैरजिम्मेवार र अलोकतान्त्रिक कदम भएको आरोप लगाइएको छ।

शिक्षामा लगानी बढाई गुणस्तर, प्रवर्द्धन र संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै संगठनले शिक्षालयको भवन खाली गर्ने, वा प्रशासनिक प्रयोजनका लागि प्रयोग गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

संगठनले शिक्षा क्षेत्रमा राजनीति नगर्न र विद्यार्थीको पठनपाठनमा अवरोध सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।

यदि नगरपालिका बोडले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।विज्ञप्तिमा जिल्ला सचिव सुवास जिम्बा र जिल्ला अध्यक्ष विवश तामाङको हस्ताक्षर गरेका छन् ।