प्रभातफेरी अनलाइन १६६ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १४, शनिबार (१९ घण्टा अघि)
काभ्रे / नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले आफ्नो संगठनात्मक संरचना पुनःसंरचना गर्दै जिल्लाभरका सबै नगरपालिका तथा गाउँपालिकामा पालिका स्तरका तदर्थ समिति गठन गरेको छ । हालै सम्पन्न बिधान सभाबाट अनुमोदित बिधान अनुसार पालिका केन्द्रित संरचनामार्फत काम अघि बढने भएको छ ।
जिल्ला शाखाले सार्वजनिक गरेको नामावलीअनुसार काभ्रेका १३ वटै स्थानीय तहमा संयोजक, सचिव, कोषाध्यक्ष तथा सदस्यहरू चयन गरी जिम्मेवारी बाँडफाँट गरिएको हो । नयाँ संरचनाले रेडक्रसका मानवीय सेवा, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरूलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने अपेक्षा गरिएको जिल्ला शाखाका मन्त्री राजु सिग्देलले जानकारी दिइएका छन् ।बिधान अनुसार तदर्थ समिति तपसिल बमोजिम रहने र सोही समितिले आषाढ भित्र निर्वाचन गर्ने पनि बिधानमा उल्लेख भएको जानकारी दिनुभएको छ ।
बनेपा नगरपालिका
संयोजक: बद्री बहादुर थानी
सचिव: राम गोपाल कर्माचार्य
कोषाध्यक्ष: गीता केसी
सदस्यहरू: राज कुमार घिमिरे, बालकृष्ण दाहाल, इन्द्रलक्ष्मी श्रेष्ठ, रामसोभा राउत
मण्डनदेउपुर नगरपालिका
संयोजक: उद्धव प्रसाद पौडेल
सचिव: गणेश प्रसाद नेपाल
कोषाध्यक्ष: खिल चन्द्र दकाल
सदस्यहरू: रामकुमार सापकोटा, बद्री प्रसाद नेपाल, सानुकुशी श्रेष्ठ, प्रतिमा डोटेल
पनौती नगरपालिका
संयोजक: राजु तामाङ
सचिव: कृष्ण बहादुर श्रेष्ठ
कोषाध्यक्ष: मिरा चापागाईं पौडेल
सदस्यहरू: टंक प्रसाद दुमगाई, मुकुन्द अर्याल, रञ्जु सापकोटा, रामहरी गुरुङ
धुलिखेल नगरपालिका
संयोजक: पुण्यवती धले
सचिव: मोहन प्रसाद कमागाईं
कोषाध्यक्ष: सविना सिजेल
सदस्यहरू: अवतोषभूषण खत्री श्रेष्ठ, राजु रिजाल, जानकी शिरी, पुण्य बहादुर कार्की
पाँचखाल नगरपालिका
संयोजक: राम प्रसाद कोइराला
सचिव: अर्जुन सापकोटा
कोषाध्यक्ष: झम्क प्रसाद गौतम
सदस्यहरू: बलराम पौडेल, सीता कोइराला, अप्सरा ढुंगाना, मिलन प्रसाद पराजुली
नमोबुद्ध नगरपालिका
संयोजक: सुरेन्द्र श्रेष्ठ
सचिव: केशव अधिकारी
कोषाध्यक्ष: चमार सिंह तामाङ
सदस्यहरू: गोविन्द प्रसाद पाण्डे, नगेन्द्र अधिकारी, जानुका पौडेल, पूर्णिमा श्रेष्ठ
तेमाल गाउँपालिका
संयोजक: धनिता लामा
सचिव: गंगा तामाङ
कोषाध्यक्ष: इन्द्रकुमारी भैलानी
सदस्यहरू: तमाल सिंह तामाङ, सूर्य मान तामाङ, प्रेमराज तामाङ, इन्द्रलाल तामाङ
खानीखोला गाउँपालिका
संयोजक: रोकेश्वर प्रधान
सचिव: महेन्द्र पार्धेन
कोषाध्यक्ष: विश्वराज थिङ
सदस्यहरू: ज्ञानबहादुर थिङ, सोनाम थिङ, रिम्सा लामा, विविमाया गोले
भुम्लु गाउँपालिका
संयोजक: मनोज शाह ठकुरी
सचिव: सावित्री माफी
कोषाध्यक्ष: सूर्य भण्डारी
सदस्यहरू: भीमरथी खत्री, सविता न्यौपाने, हरि कुमार ठकुरी, शंकर राम उप्रेती
रोशी गाउँपालिका
संयोजक: दामोदर श्रेष्ठ
सचिव: दीपक अधिकारी
कोषाध्यक्ष: श्रीकृष्ण न्यौपाने
सदस्यहरू: निर्मला भण्डारी अधिकारी, राजेन्द्र प्रसाद अधिकारी, सुमन श्रेष्ठ, अञ्जना लामा
चौरीदेउराली गाउँपालिका
संयोजक: केशव अधिकारी
सचिव: रमेश धुमागाईं
कोषाध्यक्ष: शशिला चौलागाईं
सदस्यहरू: महेन्द्र अधिकारी, अमरप्रसाद पाठक, सावित्री चौलागाईं अधिकारी, केदार अधिकारी
बेथानचोक गाउँपालिका
संयोजक: भगवान घिमिरे
सचिव: रामहरी श्रेष्ठ
कोषाध्यक्ष: शान्ति खत्री
सदस्यहरू: गोपाल प्रसाद तिमिल्सिना, प्रेमकुमार तामाङ, विष्णु श्रेष्ठ, केशरी तिमिल्सिना
महाभारत गाउँपालिका
संयोजक: देवराज योञ्जन
सचिव: सज्जन थिङ
कोषाध्यक्ष: हरिमाया श्रेष्ठ
सदस्यहरू: विष्णुमाया पलामी, रितिमा खलान, कमल मोक्तान, दिपश लामा
जिल्ला शाखाका अनुसार नयाँ संरचनाले रेडक्रसको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने लक्ष्य राखिएको छ । स्थानीय तहसँग सहकार्य गर्दै आपतकालीन उद्धार, रक्तदान, स्वास्थ्य सेवा तथा सामाजिक सचेतनामूलक कार्यक्रमलाई अझ विस्तार गर्ने तयारी गरिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |