Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

प्रभातफेरी अनलाइन ४१ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख १३, आईतबार (२ हफ्ता अघि)
नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

बेइजिङ-/चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल ब्लसम्स’ राष्ट्रिय फूल बगैंचा परियोजनाको एक समारोहका बिच संयुक्तरुपमा शुभारम्भ गरिएको छ।

कार्यक्रममा सीपीसी हच नगरपालिका समितिका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख छाओ लिनले सम्बोधन गर्दै हचमा पियोनी खेतीको इतिहास १ हजार ५ सय वर्षभन्दा पुरानो रहेको उल्लेख गर्दै यस किसिमको कार्यक्रमलाई नेपाल चिन बिच अनुकरणीय कदमका रुपमा लिन सकिने बताउनु भएको छ । त्यसअवसरमा संयुक्त रूपमा ‘नेपाली लालीगुराँस बगैंचा’ को उद्घाटन गरिएको हो । फूललाई सम्बन्धको माध्यमका रूपमा प्रस्तुत गरिएको यस परियोजनाले नेपाल र चीनबीचको सांस्कृतिक आदान–प्रदानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।

यो कार्यक्रमले ‘चीनको पियोनी राजधानी’ का रूपमा परिचित हच सहरको अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धनमा समेत यो अभियानले टेवा पुर्‍याउने विश्वास लिइएको प्रमुख छाओलिनले बताउनु भएको छ। उहाँले हाल हच विश्वकै सबैभन्दा ठूलो पियोनी उत्पादन केन्द्र र पूर्ण औद्योगिक शृङ्खला भएको क्षेत्रका रूपमा स्थापित भएको बताउनुभएको छ । पछिल्ला वर्षहरूमा हचले ‘पियोनीलाई विश्वभर फैलाउने’ रणनीतिअन्तर्गत विभिन्न देशहरूसँग सांस्कृतिक सहकार्य विस्तार गर्दै आएको पनि सम्बोधनका क्रममा बताउनुभएको छ । परियोजनाअन्तर्गत पहिलो चरणमा ‘नेपाली लालीगुराँस बगैंचा’ र ‘बुल्गेरियन गुलाब बगैंचा’ निर्माण गरिनेछ। यी बगैंचाहरूले विभिन्न देशबीच मित्रता र सांस्कृतिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उक्त अवसरमा नेपालको तर्फबाट धुलिखेल नगरपालिकाका पूर्व उपमेयर तथा नेपाल व्यापार प्रवर्द्धन केन्द्रका अध्यक्ष सुभाष काजिश्रेष्ठले परियोजनाको प्रशंसा गर्दै यसलाई नेपाल–चीनबीच फूल संस्कृतिमा आपसी सिकाइ र व्यवहारिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा व्याख्या गर्नुपर्ने बताउनुभएको छ । यस्ता किसिमका कार्यक्रमले नेपाल र चिन बिचको भाईचारालाई अझै प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउदै ” देख्दा सानो होला तर कार्यक्रमले महत्वपूर्ण अर्थ राख्ने ” बताउनु भएको छ ।

कार्यक्रममा चिनको हच नगरपालिका उपमेयर चाङ फङ र नेपाली दूतावासका आर्थिक बिभाग प्रमुख पार्वती अर्यालले संयुक्त रूपमा ‘नेपाली लालीगुराँस बगैंचा’ को शिलालेख अनावरण गर्नुभएको हो । कार्यक्रमको अवसरमा चिनको, सीपीसी मुतान जिल्ला समितिका उपसचिव छन जुशियाङ र सुभाष काजिश्रेष्ठले पियोनी र लालीगुराँसमा आधारित सांस्कृतिक सामग्री तथा बीउ आदान–प्रदान गरेका समेत गरेका छन् । आयोजकले समारोहपछि सहभागीहरूले बगैंचाको अवलोकन गराउनुको साथै पियोनी र लालीगुराँस सँगसँगै फुलेको दृश्यका बारेमा जानकारी गराएको छ ।

नेपाल र चीन भौगोलिक रूपमा हिमाल र नदीले जोडिएका तथा ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध भएका देश हुन्। नेपालमा पाइने ‘लालीगुराँस’ सुन्दरता र शुभ–सौभाग्यको प्रतीकका रूपमा चिनिन्छ। हचमा यसको बगैंचा स्थापना हुनु सांस्कृतिक आदान–प्रदान र भावनात्मक सम्बन्धको सशक्त प्रतीकका रूपमा हेरिएको छ।

चिनको मुतान जिल्ला, जो ‘चीनको पियोनी राजधानी’ को मुख्य क्षेत्रका रूपमा लिइएको छ । जहाँ १हजार ,३ सय ८  प्रजातिका पियोनी फूलहरू “”नौ रंग समूह र दस प्रकारका संरचनामा “”पाइने गरेको उक्त अवसरमा जानकारी गराइएको थियो। आयोजकका अनुसार करिब १ लाख ई मु (६६६.६७ वर्ग मिटर) क्षेत्रमा फैलिएको यस क्षेत्रले पियोनीसँग सम्बन्धित २सय६० भन्दा बढी प्रशोधित उत्पादन विकास गरिसकेको बताइएको छ । ‘युनिभर्सल ब्लसम्स’ परियोजनाले विश्वका विभिन्न देशका राष्ट्रिय फूललाई एकै स्थानमा समेट्दै अवलोकन, सांस्कृतिक अनुभव, अन्तर्राष्ट्रिय आदान–प्रदान र शैक्षिक पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको पनि बताएको छ। यो परियोजना हच सहरका लागि नयाँ पहिचान र अन्तर्राष्ट्रिय स्तरको आकर्षणगन्तव्य बन्ने अपेक्षा गरिएको स्थानीय आयोजकले बताएका छन् ।

शनिबार भएको कार्यक्रममा चीनस्थित नेपाली दूतावासका प्रतिनिधि , नेपाल व्यापार प्रवर्द्धन केन्द्रका अध्यक्ष सुवासकाजी श्रेष्ठ , स्थानीय सरकारी अधिकारी र सम्बन्धित निकायका प्रमुखहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0