Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

बहुप्राविधिक शिक्षालय माथी नगरको फेरी पनि कुदृष्टि

प्रभातफेरी अनलाइन ४६ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार (९ घण्टा अघि)
प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

काभ्रेपलाञ्चोक/ बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय माथी फेरि कुदृष्टि लगाएको छ । यस अघि नगरपालिकाले गत २०८२ माघ ४ गते शिक्षालयलाई पत्र पठाउँदै नगरसभाको निर्णयअनुसार भन्दै घवन खाली गर्न भनेको थियो ।
जेनजी आन्दोलनले नगर कार्यपालीकाको भवन जलेपछि नगरपालिकाले शिक्षालयले प्रयोग गरिरहेको भवन तथा जग्गा नगरपालिकाको मातहतमा ल्याई नगर कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेर विवाद आएपछि पछि हटेको नगरपालिकाले २०८३ जेठ १२ गते नगरपालिकाले अर्को पत्र जारी गर्दै शिक्षालयका कर्मचारीहरूले आवासका रूपमा प्रयोग गरिरहेका ६ वटा भवन सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

शिक्षालय परिसरका संरचना आफ्नो उपयोगमा ल्याउन नगरपालिकाले केही महिनाअघि शिक्षालयले प्रयोग गरिरहेको सम्पूर्ण भवन तथा जग्गा नगरपालिकाको मातहत ल्याउने निर्णय भएको जानकारी गराउदै पुनः कर्मचारी आवासका रूपमा प्रयोग भइरहेका भवनहरू खाली गर्न पत्राचार गरेपछि नेपाली काग्रेसका तर्फ बाट ब्याबसयी शान्ति रत्न शाक्य नगर प्रमुख बनेपछि सिङो बनेपा नगरपालिका शिक्षा बिरोधी बनेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रेपलाञ्चोक जिल्लाकै महत्वपूर्ण शैक्षिक संस्था मात्र नभएर यहाँ अध्ययनरत करिब ७०० बिद्यार्थीहरुको भबिस्य अन्योलमा पर्ने भएको छ ।
प्राविधिक विषयमा शिक्षा दिई रहेका यस्ता संस्थाहरूले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने आधारस्तम्भ शैक्षिक सस्था माथिको गिद्दे नजरको चौतर्फी आलोचना भै रहेको छ । बनेपाको सार्बजनिक जग्गाहरु शिर मेमोरियल अस्पताल अगाडी भबनलाइ जतियताको नाममा सरक्षण गर्ने, भैरब कुण्ड अगाडी सार्वजनिक पाटि मासेर अर्को सस्थालाइ भबन निर्माण अनुमती दिने, अन्यत्र भएका जातियता नाममा हडेपेका सार्वजनिक लेखा जोखा नराखी शिक्षालय विरुद्ध को यो निर्णय प्रती सबैले प्रतिरोध गर्न पर्ने भएको छ ।

बनेपा नपाको निर्णयले केवल भवन वा जग्गाको विषय मात्र नभई शिक्षा, विद्यार्थीको भविष्य र राज्यको दीर्घकालीन शैक्षिक नीति विरुद्ध बनेपा नपा भएको प्रमाणित । बनेपा नपाको गत माघमा भएको निर्णयको चौतर्फी बिरोध भैरहदा पुन यस्तो निर्णय आउनु पक्कै राम्रो होइन । यो निर्णयको खिलापामा स्थानीय स्तरमा विरोध हुदा समेत नगरपालिकाको कार्यालय व्यवस्थापनका लागि प्राविधिक शिक्षालयलाई विस्थापित गर्नु उपयुक्त होइन । यो पत्रले सम्पूर्ण शिक्षालय खाली गर्ने कुरा नगरे पनि नगरपालिकाको दीर्घकालीन उद्देश्यबारे प्रश्न भने यथावत् राखेको छ । मुख्य प्रश्न अहिले पनि उही छ – नगरपालिकाको कार्यालय सञ्चालनका लागि प्राविधिक शिक्षालयको संरचना प्रयोग गर्नु कत्तिको उचित हो ?

स्थानीय सरकारका लागि कार्यालय आवश्यक हुनु स्वाभाविक हो । तर नगरपालिकाको भवन क्षतिग्रस्त भएको कारण देखाउँदै दशकौँदेखि सञ्चालनमा रहेको प्राविधिक शिक्षण संस्थाको संरचना उपयोग गर्न खोजिनु धेरैको नजरमा दीर्घकालीन समाधान होइन। प्रशासनिक भवन पुनर्निर्माण वा नयाँ संरचना निर्माण गर्न सकिने विकल्प हुँदाहुँदै शिक्षण संस्थामाथि दबाब सिर्जना गर्नु उचित नहुने मत स्थानीय स्तरमा चौतर्फी आलोचना हुन थालेको छ । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार विद्यालय, क्याम्पस वा प्राविधिक शिक्षालयजस्ता संस्थाहरूको भौतिक पूर्वाधार एकपटक कमजोर बनेपछि त्यसको प्रत्यक्ष असर शैक्षिक गुणस्तरमा पर्छ। प्राविधिक शिक्षा त झन् प्रयोगशाला, कार्यशाला र विशेष संरचनामा आधारित हुने भएकाले त्यस्ता संस्थाको भौतिक क्षेत्र संकुचित हुनु दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ । नगरपालिकाको पछिल्लो पत्रले तत्काल शिक्षालय बन्द गर्ने अवस्था नदेखाए पनि अघिल्लो निर्णयका कारण उठेको आशंकाअझै समाप्त भएको छैन । यदि नगरपालिकाको लक्ष्य अन्ततः शिक्षालय परिसरलाई प्रशासनिक केन्द्र बनाउने हो भने त्यसले प्राविधिक शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने सरोकारवालाहरूको चिन्ता छ ।

बनेपाजस्तो शैक्षिक केन्द्रका रूपमा परिचित नगरमा प्राविधिक शिक्षालाई थप सुदृढ बनाउने कि प्रशासनिक आवश्यकताका नाममा त्यसको क्षेत्र खुम्च्याउने भन्ने प्रश्न अहिले बहसको केन्द्रमा छ । नगरपालिकाले आफ्ना आवश्यकता पूरा गर्न वैकल्पिक उपाय खोज्नु आवश्यक भए पनि प्राविधिक शिक्षालयको अस्तित्व र भविष्यलाई असर पुग्ने कुनै पनि कदम दीर्घकालीन रूपमा उचित नहुने धारणा बलियो बन्दै गएको छ भने बनेपा नपाले जग्गा खरिद गरे पनि शिक्षालय सन्चाल्न गर्न अनुमती शिक्षा मन्त्रालय मा नभएर नेपाल सरकार र चिनियाँ सरकार बिच भएको सर्बबिदितै छ । भबन सन्चालनको बिषयमा यस अघि पनि बागमती प्रदेशका सामाजिक बिकास मन्त्री सिटिभिटिका प्रतिनिधि र शिक्षालय बिच बार्ता भएको थियोे बुझ्न जरुरी छ भने यस शिक्षालय भित्र बिगत १२ बर्ष देखि नेपाली काग्रेस बनेपा नगर समितिको दबाब भाडा नतिरी गुणस्तर हिन खाजा नास्ता खुवाएका छन् । यसको बिरोध बिद्यार्थीहरुले गरेपनी नेपाली काग्रेस बनेपा नगर समितिले ढाक छोप गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २० गते बुधबार

    २०८३ साल जेठ २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0