logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

बैंकिङ कसुर आरोपमा पक्राउ परेका सेफ सन्तोष साह साधारण तारेखमा रिहा

प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार(२ दिन अघि)
बैंकिङ कसुर आरोपमा पक्राउ परेका सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौँ, बैंकिङ कसुर तथा ठगीसम्बन्धी आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साहलाई सोमबार साधारण तारेखमा रिहा गरिएको हो। उनलाई गत शनिबार जनकपुरबाट पक्राउ गरिएको थियो।

साहविरुद्ध सकुन्तला अधिकारी (थापा)ले होटल खरिदको विषयमा रकम नदिई ठगी गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्।

यसअघि काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो, १ लाख २५ हजार रुपैयाँ जरिवाना तथा एक महिनाको कैद सजाय सुनाएको थियो। उक्त फैसला २०८२ जेठ ३० गते भएको थियो।

प्रहरीका अनुसार अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने कानुनी अवधि बाँकी रहेकाले साहलाई साधारण तारेखमा रिहा गरिएको हो।