logo
२०८३ अषाढ २६, शुक्रबार |
📰
🔍

महाभारत गाउँपालिकाको वास्तविक आय ९७.९७

प्रभातफेरी अनलाइन१२ पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
महाभारत गाउँपालिकाको वास्तविक आय ९७.९७

काभ्रे/ महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षका लागि रु. ६० करोड १३ लाख १ हजार ४१३ आय अनुमान गरिएको थियो । सो अवधिमा रु. ५८ करोड ९१ लाख २३ हजार २९०.५६ वास्तविक आय संकलन भएको छ, जुन ९७.९७ प्रतिशत हो ।

व्ययतर्फ चालु खर्च ७९.४३ प्रतिशत र पुँजीगत खर्च ५९.७७ प्रतिशत भएको गाउँपालिकाले जनाएको छ । समग्रमा आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको जम्मा खर्च प्रगति ७१.४ प्रतिशत पुगेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले सम्पूर्ण खर्च तथा भुक्तानी लेखाङ्कन कार्य सम्पन्न गरी आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण सार्वजनिक गरेको जनाएको छ ।