logo
२०८३ अषाढ २६, शुक्रबार |
📰
🔍

काभ्रेको नमोबुद्ध नगरपालिकाको कुल वित्तीय प्रगति ७५.४० प्रतिशत

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: ८ घण्टा अघि (८ घण्टा अघि)
काभ्रेको नमोबुद्ध नगरपालिकाको कुल वित्तीय प्रगति ७५.४० प्रतिशत

काभ्रे/ नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को खाता बन्द गर्दै चालु आर्थिक वर्षको वित्तीय प्रगति सार्वजनिक गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेट रु. ८० करोड ७३ लाख २३ हजार १६०.५९ रहेको थियो । सो अवधिमा नगरपालिकाको वास्तविक कुल आय रु. ७० करोड ६२ लाख ७५ हजार ८९.८७ रहेको जनाएको छ ।

वित्तीय विवरणअनुसार चालुतर्फ रु. ५६ करोड ३५ लाख २२ हजार ३४३.१६ बजेटमध्ये रु. ४१ करोड ६ लाख ४५ हजार ६२५.११ खर्च भएको छ, जसको प्रगति ७२.८७ प्रतिशत रहेको छ ।

यस्तै, पुँजीगततर्फ रु. २४ करोड ३८ लाख ८१७.४३ बजेटमध्ये रु. १९ करोड ८० लाख ८५ हजार ५४७ खर्च भई ८१.२५ प्रतिशत प्रगति हासिल भएको नगरपालिकाले जनाएको छ ।

समग्रमा चालु र पुँजीगत गरी रु. ६० करोड ८७ लाख ३१ हजार १७२.११ खर्च भएको तथा कुल वित्तीय प्रगति ७५.४० प्रतिशत पुगेको नगरपालिकाले जनाएको छ । सार्वजनिक सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ को सम्पूर्ण भुक्तानी प्रक्रिया असार २५ गते सम्पन्न गरी खाता बन्द गरिएको हो ।