logo
२०८३ श्रावण २२, शुक्रबार |
📰
🔍

साना नदीमा बहाव बढ्ने चेतावनी, सातै प्रदेशमा सतर्क रहन आग्रह

प्रभातफेरी अनलाइन२९ पटक पढिएको | २०८३ अषाढ ३०, मंगलबार
साना नदीमा बहाव बढ्ने चेतावनी, सातै प्रदेशमा सतर्क रहन आग्रह

काठमाडौँ , जल तथा मौसम विज्ञान विभागले आज देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको जनाएको छ।

विभागका अनुसार पाँचथरदेखि सर्लाहीसम्मका ३९ जिल्लामा बग्ने साना नदीहरूको जलप्रवाह उल्लेखनीय रूपमा बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै गोरखा, लमजुङ, नवलपरासी, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा मध्यम जोखिम रहेको छ। चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार देशभरका साना नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।