logo
२०८३ श्रावण २२, शुक्रबार |
📰
🔍

सार्वजनिक बिदा घटाउने तयारी, सरकारद्वारा अध्ययन कार्यदल गठन

प्रभातफेरी अनलाइन३३ पटक पढिएको | २०८३ श्रावण ४, सोमबार
सार्वजनिक बिदा घटाउने तयारी, सरकारद्वारा अध्ययन कार्यदल गठन

काठमाडौं, नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदाको संख्या पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन भएपछि अन्य बिदाको आवश्यकता र संख्या अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।

कार्यदललाई हाल कायम रहेका सार्वजनिक बिदाको अध्ययन, समीक्षा तथा पुनरावलोकन गरी १५ दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। उक्त प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिने निर्णय पनि सचिव बैठकले गरेको छ।