logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

धान रोप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

प्रभातफेरी अनलाइन२८ पटक पढिएको प्रकाशित मिति: ७ घण्टा अघि (७ घण्टा अघि)
धान रोप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

काभ्रे, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ सेरा गाउँमा धान रोप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे आफ्नै खेतमा धान रोपिरहेका स्थानीय ६१ वर्षीय कान्छा दनुवारलाई पानी तान्ने मेसिनको नाङ्गो तार पानीमा डुबेको अवस्थामा करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा साँझ ४:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

उक्त घटनामा सोही स्थानकी २६ वर्षीया अनु दनुवार पनि करेन्ट लागेर घाइते भएकी छन्। उनको दाहिने हातको बूढी औंलामा चोट लागेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षकको नेतृत्वमा सोको (SOCO) टोली घटनास्थलमा खटिएको छ। प्रहरीले शवको मुचुल्का तयार गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।