प्रभातफेरी अनलाइन९ पटक पढिएको प्रकाशित मिति: ४ घण्टा अघि (४ घण्टा अघि)
काठमाडौं, बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीहरूले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्।
मन्त्रीहरूको राजीनामासँगै एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिने तयारी गरेको छ।
यसअघि सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको थियो। तर केन्द्रको निर्देशनअनुसार आज मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको बताइएको छ।