प्रभातफेरी अनलाइन११ पटक पढिएको प्रकाशित मिति: ४ घण्टा अघि (४ घण्टा अघि)
काठमाडौं, बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनले आफू अस्पतालमा भर्ना भएर शल्यक्रिया गराएको र केही समय सघन उपचार कक्ष (आईसीयू)मा बसेपछि घर फर्किएको खुलासा गरेका छन्।
सोमबार आफ्नो व्यक्तिगत ब्लगमार्फत उनले उपचारको अनुभव साझा गर्दै शल्यक्रियापछि चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा आईसीयूमा रहनुपरेको बताएका हुन्। यद्यपि उनले कहिले, कुन अस्पतालमा, के कारणले शल्यक्रिया गराइएको थियो भन्ने विवरण भने सार्वजनिक गरेका छैनन्।
ब्लगमा उनले अस्पतालबाट घर फर्किने चरण नै सबैभन्दा चुनौतीपूर्ण हुने उल्लेख गर्दै यस अवधिले शारीरिक, मानसिक र दैनिक जीवनका सबै पक्षमा असर पार्ने बताएका छन्।
उनले जीवनमा सफलता र सम्मान प्राप्त गरे पनि एक दिन कठिनाइसँग सामना गर्नुपर्ने अवस्था आउने उल्लेख गर्दै चुनौतीपूर्ण परिस्थितिलाई साहसका साथ सामना गर्नुपर्ने सन्देश दिएका छन्।