logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

कैलालीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

प्रभातफेरी अनलाइन२१ पटक पढिएको प्रकाशित मिति: ३ घण्टा अघि (३ घण्टा अघि)
कैलालीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

काठमाडौं,  कैलालीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय राहुल चौधरी पक्राउ परेका छन्।

प्रहरीका अनुसार टीकापुर नगरपालिका–३ कटानपुर निवासी चौधरीलाई पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।