प्रभातफेरी अनलाइन१२ पटक पढिएको प्रकाशित मिति: ३ घण्टा अघि (३ घण्टा अघि)
काठमाडौं, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेको जानकारी दिएका छन्। बीपी स्मृति दिवसका अवसरमा मंगलबार जारी वक्तव्यमा उनले विदेशमा रहे पनि आफ्नो सोच र चिन्ता देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको बताएका छन्।
देउवाले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर चासोका साथ नियालिरहेको उल्लेख गर्दै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताएका छन्।
उनले आफू पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको उल्लेख गर्दै सरकार प्रतिशोधात्मक वा अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा आस्थावान रहेको बताएका छन्।
