logo
२०८३ श्रावण ६, बुधबार |
📰
🔍

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन जारी

प्रभातफेरी अनलाइन१५ पटक पढिएको प्रकाशित मिति: १३ घण्टा अघि (१३ घण्टा अघि)
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौं, अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे मार्गदर्शन जारी गरेको छ।

मार्गदर्शनमा बजेट समयमै कार्यान्वयन, पुँजीगत खर्चको प्रभावकारिता, मितव्ययी खर्च, पारदर्शी खरिद प्रक्रिया, राजस्व सङ्कलन, आर्थिक अनुशासन तथा विकास आयोजनाको नियमित अनुगमन र समीक्षा गर्न निर्देशन दिइएको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा हुने ढिलाइ र कमजोर खर्च क्षमतामा सुधार ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको जनाएको छ।