logo
२०८३ श्रावण ६, बुधबार |
📰
🔍

क्षेत्रीय शिखर सम्मेलनमा सहभागी आईजीपी कार्की स्वदेश फर्किए

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
क्षेत्रीय शिखर सम्मेलनमा सहभागी आईजीपी कार्की स्वदेश फर्किए

काठमाडौं,  प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सङ्गठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

साउन ४ र ५ गते थाइल्याण्डको बैंककमा अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) र रोयल थाई पुलिसको संयुक्त आयोजनामा सम्मेलन भएको थियो।

नेपाल प्रहरीका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान र प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयका विषयमा विस्तृत छलफल भएको थियो।