प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालय सदस्य माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन्।
गत १ असारमा भएको राहदानी (पासपोर्ट) प्रकरणमा उग्र व्यवहार देखाएको र निरन्तर आचरणसम्बन्धी प्रश्न उठेपछि खनाललाई टोलीबाट अलग गरिएको स्रोतले जनाएको छ।
राहदानी विभाग र अख्तियारका पदाधिकारीहरूसँग खनालले अस्वाभाविक तथा उग्र व्यवहार गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका थिए। यसबाहेक उनका अन्य व्यक्तिगत गतिविधिबारे पनि उजुरी परेको बताइएको छ।
खनाललाई सचिवालयमा राखिरहँदा प्रधानमन्त्री र समग्र सचिवालयको छविमा असर पर्ने निष्कर्ष निकाल्दै उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको र त्यससम्बन्धी पत्रसमेत दिइएको स्रोतको भनाइ छ।