logo
२०८३ श्रावण १४, बिहिबार |
📰
🔍

काभ्रेको पाँचखालमा जंगली च्याउ खाँदा दम्पती बेहोस, धुलिखेल अस्पतालमा उपचार हुँदै

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ श्रावण १३, बुधबार
काभ्रेको पाँचखालमा जंगली च्याउ खाँदा दम्पती बेहोस, धुलिखेल अस्पतालमा उपचार हुँदै

काभ्रे / काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ खटारका एक दम्पती जंगली च्याउ खाँदा बेहोस भएका छन्।

प्रहरीका अनुसार बुधबार अपराह्न करिब ३:३० बजे स्थानीय ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीया श्रीमती बेली दनुवारले आफ्नै घरमा जंगली च्याउ खाएपछि अचानक अस्वस्थ भएका थिए।

बेहोस अवस्थामा रहेका दुवैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था बोल्न नसक्ने र बेहोस रहेको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय काभेपलाञ्चोक जनाएको छ ।