logo
२०८३ श्रावण १४, बिहिबार |
📰
🔍

नेप्से १६.२९ अंकले घट्यो, कारोबार ३ अर्ब ३८ करोड रुपैयाँ

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण १४, बिहिबार
नेप्से १६.२९ अंकले घट्यो, कारोबार ३ अर्ब ३८ करोड रुपैयाँ

काठमाडौं / धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २,६७२.५८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

कारोबारमा सहभागी १३ वटै उपसमूहका सूचक घटेका छन्। आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज एभरेष्ट कलर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी र सुभम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाउँदा कालिञ्चोक हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरे।