logo
२०८३ कार्तिक २०, शुक्रबार |
☰
📰
🔍
✕

निर्माण व्यवसायीसँग आज प्रधानमन्त्री बालेन शाहको संवाद, नीतिगत सहजीकरणबारे छलफल हुने

प्रभातफेरी अनलाइन५५ पटक पढिएको | २०८३ अषाढ २५, बिहिबार
निर्माण व्यवसायीसँग आज प्रधानमन्त्री बालेन शाहको संवाद, नीतिगत सहजीकरणबारे छलफल हुने

काठमाडौँ , प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज निर्माण व्यवसायीसँग संवाद गर्दै निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्।