प्रभातफेरी अनलाइन६२ पटक पढिएको | २०८३ अषाढ २७, शनिबार
काठमाडौँ, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार जारी गरेको वक्तव्यमा उनले सरकार पुरानै विभेदकारी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्।
महतोले पछिल्लो जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र विद्रोहको अभिव्यक्ति भएको उल्लेख गर्दै सरकारले त्यसको मर्मअनुसार काम गर्न नसकेको बताएका छन्।
