प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
काठमाडौ / प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्। छलफल सुनसरीसहित मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानका उपायमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउत, जसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, रास्वपा सांसद अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेताहरू सहभागी छन्।