प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
काठमाडौ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेतासँगको छलफलमा उनले कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न जिम्मेवार राजनीतिक नेतृत्व सजग हुनुपर्ने बताए।
थापाले नेपाली कांग्रेस मुलुकको मुख्य र अभिभावक राजनीतिक शक्ति भएकाले समाजमा उत्पन्न हुने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गरे।
पार्टीका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बिदाको दिन पनि केन्द्रीय कार्यालय खुला रहने जानकारी दिँदै उनले पार्टीका कर्मचारी, पदाधिकारी तथा आफू स्वयं नेता–कार्यकर्ताको निरन्तर सम्पर्कमा रहने बताए। साथै, संसदीय दलका नेता र सांसदहरूलाई पनि सक्रिय रूपमा परिचालन गरिएको उनले जानकारी दिए।