logo
२०८३ श्रावण १६, शनिबार |
📰
🔍

मधेस र कोशीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, ड्रोनमार्फत निगरानी तीव्र

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
मधेस र कोशीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, ड्रोनमार्फत निगरानी तीव्र

काठमाडौ / गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत निगरानीलाई तीव्र बनाइएको छ।

सुरक्षा निकायले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने जनाएको छ।

प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै भ्रामक सूचना, अफवाह वा उक्साहटमा नलाग्न सबैसँग अपिल गरेको छ।