प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
काठमाडौँ / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन पाँच सदस्यीय समिति गठन गरेको छ।
भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा गठित समितिलाई हाल प्रयोगमा रहेका फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ। उक्त प्रतिवेदनका आधारमा सरलीकृत लिखित फारम कार्यान्वयनमा ल्याइने मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार सेवाग्राहीले अरूको सहयोगबिना आफैं फारम भर्न सकून् भन्ने उद्देश्यले समिति गठन गरिएको हो।