प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण २६, मंगलबार
काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहल, काठमाडौंले तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयको २०८३ साउन २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम साउन २६ गते सूचना प्रकाशित गर्दै ती कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जानकारी गराइएको हो।
